सरकार छाड्नु अघि देशको परिस्थिती परिर्वतन गर्छुः प्रधानमन्त्री ओली

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 30, 2019 | 10:30:01 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओलीले देश विकासको काममा सत्तापक्षीय र प्रतिपक्ष नहुने बताएका छन् । राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन २०७६ को उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले निर्वाचनका समयमा प्रतिस्पर्धी भएपनि निर्वाचनपछि देश विकासमा जुट्नुपर्ने बताए ।

ओलीले नेपालमा सम्भवना अथाहा भएपनि कसले कुन काम कसरी गर्ने भन्नेबारे ठोस योजना नहुँदा विकासले गति लिन नसकेको बताए । आफू नेतृत्वको वर्तमान सरकारले गरेका राम्रा कामको प्रशंसा तारिफ नभए हुने भन्दै प्रधानमन्त्री ओलीले देशको परिस्थतीमा परिवर्तन ल्याएरै छाड्ने दाबी गरे । ‘मैले गरेका राम्रा काम कसैले लेख्छ भने च्यातेर फलिदिए हुन्छ, राम्रो कामको प्रशंसा हुनुपर्छ भन्ने छैन’ उनले भने । 

श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा आयोजित दुई दिने राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन सोमबारसम्म चल्नेछ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved