समाजवादी पार्टी र राजपा नेपाल एकिकरण गर्न सहमत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 30, 2019 | 04:02:56 PM मा प्रकाशित

laxmi  sunrise bank

समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल एकीकरण गर्न सहमत भएका छन् । दुवै पक्ष एकिकरणमा सहमत भएपनि कुन मोडालिटीमा एकीकरण गर्ने भन्ने बारे अहिले छलफल भईरहेको एक नेताले जानकारी दिए । 

दुवै पार्टीको असोज र कात्तिकमा हुने महाधिवेशन अगावै एकीकरण टुङ्गो लगाउने गरि छलफल भईरहेको बुझिएको छ । एकीकरणको छलफललाई समाजवादी पार्टीको तर्फबाट अध्यक्ष उपेन्द्र यादव र राजपा नेपालको तर्फबाट अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले तीव्रता दिएका छन् । अध्यक्षमण्डलका सदस्य महतो वार्ताका समितिका संयोजक पनि हुन् । 

कार्यकारी राष्ट्रपति प्रणालीबाहेक नीतिगत विषयमा दुवै दल सहमत छन् । समाजवादी पार्टीले प्रत्यक्ष निर्वाचन प्रणालीबाट कार्यकारी राष्ट्रपति हुनुपर्ने घोषणापत्रमा उल्लेख गरेको छ । राजपा नेपाल भने अहिले नै खुलिसकेको छैन । 

नेता व्यवस्थापनमा राजपा अध्यक्षमण्डलका सदस्य महन्थ ठाकुरलाई मर्यादाक्रममा पहिलो नम्बरको अध्यक्ष, बाबुराम भट्टराईलाई दोस्रो र उपेन्द्र यादवलाई तेस्रो बरियताको अध्यक्ष राख्ने गरी छलफल भईरहेको छ । राजेन्द्र महतोलाई बरिष्ठ नेता राख्ने गरी पनि छलफल चलिरहेको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved