प्रधानमन्त्री रोजगार कार्यक्रम: यस्तो बन्यो बाटो नै नभएको दलित बस्ती

निरोज कुमार थापा

निरोज कुमार थापा

Jul 03, 2019 | 04:38:36 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री रोजगार कार्यक्रमको चौतर्फी आलोचना भईरहेको छ । कही कतै काम नभएको, भएका ठाउँमा पनि गाईँ चराउने र झार उखेल्ने मात्रै भएको भन्दै विरोध भईरहेको छ । तर केही यस्ता ठाउँ पनि छन् जहाँ उल्लेख्य काम भएका छन । काम गर्न बजेट अपुग भएपछि स्थानीले खुशीले श्रमदान समेत गरेर आफ्नो गाउँ बनाउन थालेका छन् । 

यसको ज्वलन्त उदाहरण हो सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ४ को आहाले गाउँ । उक्त गाउँमा २४ घर दलित बस्ती छन । वडामा प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि गएको बजेटले दलित बस्तीलाई दक्षित गरि सुन्दर सिढीँसहितको बाटो बनाईएको छ । 



नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ७६ लाख बजेट पुगेको थियो । नगरप्रमुख खड्ग वहादुर खत्रीका अनुसार नगरभित्रका १४ वटै वडाका लागि ५÷५ लाख रुपैयाँ विनियोजन गरिएको छ । सबै वडामा अहिले काम भईरहेको छ ।

मेयरले यसो भनिरहँदा वडा नम्बर ४ ले भने सामाजिक सञ्जालमा स्याबासी पाईरहेको छ । काम गर्ने जनप्रतिनिधि भएपछि काम हुन्छ र ठेकेदारलाई दिनुभन्दा वडाध्यक्ष मार्फत नै काम गर्दा राम्रो हुने भन्दै प्रशंसा पनि भईरहेको छ ।

वडा नम्बर ४ का वडाध्यक्ष महेन्द्र प्रसाद ढकालका अनुसार ५ लाख बजेटले काम पूरा नहुने भएपछि स्थानीले खुशी भएर ३० प्रतिशत श्रमदान समेत गरेका छन् । आगामी असार २५ भित्रमा सिढीँको छेउमा फलामको बार लगाउने र ह्वाइट सिमेन्टले पोतेर चिटिक्कको बनाउने योजना रहेको वडाध्यक्षले सुनाए । सिन्धुली जिल्लाको मात्रै नभएर प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन भएका देशैभरका स्थानीय तहमध्ये नमूना बनाउने उनको धोको छ । 



आहाले खोलाबाट १५२ मिटर उचाईसम्म दलित बस्ती जाने गोरेटो बाटोमा अब सिँढी बनेको छ । यसले दैनिक आवतजावतमा सहज हुने विश्वास पनि लिईएको छ । दैनिक ४२ जना स्थानीयले काम गरेर यो सिढीँ तयारको अन्तिम चरणमा छ । एक जना मिस्त्रीले दैनिक ११ सय र लेवरले ८०० पाउँछन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved