अर्थ सचिव खनालले भने, बैंकहरु मर्जरमा जानुको विकल्प छैन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 04, 2019 | 08:01:23 AM मा प्रकाशित

laxmi  sunrise bank

अर्थमन्त्रालयका सचिव ड़ा राजन खनालले बैंकहरु मर्जरमा जान आवश्यक रहेको बताएका छन। नेपाल चेम्बर अफ कमर्शको आयोजनामा काठमाण्डौमा आयोजित एक कार्यक्रममा बोल्दै उनले अहिले बैंकको संख्या धेरै भएकाले मर्जरमा जानुको विकल्प नभएको बताए। 

'कर्जाको माग बढेकाले तरलता अभाव भएको छ' उनले भने, 'बैंकको संख्या धेरै हुँदा सिसिड़ीका कारण धेरै पैसा फ्रिज हुन्छ, कम भए थोरै फ्रिज हुन्छ, त्यसैले पनि बैंकहरु मर्जरमा जानुको विकल्प छैन।'

उनले भने, बैंकहरु मर्जरमा गए उनीहरु ठुला हुन्छन, जसले गर्दा बाहिरबाट धेरै पैसा ल्याउन सकिन्छ, यसले लगानीयोग्य रकमको अभाब कम हुन्छ। 

त्यस्तै 

निर्माण व्यवसायीले समयमा भुक्तानी नपाएको भनेर व्यवसायीले उठाएको प्रश्नको जवाफ दिंदै सचिब खनालले भुक्तानी नरोकिएको र त्यस्तो भएको भए आफुलाई देखाउन चुनौती दिए। 

व्यवसायीले समयमा काम गरेको भए आर्थिक बर्ष सकिन लाग्दा पुँजीगत खर्च ६ प्रतिशत मात्र हुने अवस्था नहुने उनले आरोप समेत लगाए। 'हामि मन्त्रालयमा हेरेर मात्रै बसेको छैनौँ, योजना बनेर नै पुँजीगत खर्च छुट्याएको हो'

यस्तै अर्थका राजश्व सचिव खनालले सरकारले व्यवसायीलाई बेवास्ता गरेर अगाडी नबढ्ने स्पष्ट पारे। सरकारले ल्याएको आर्थिक बिधेयकमा केहि व्यवसायीलाई मार पर्ने कर बढेको भन्दै व्यवसायीले उठाएको प्रश्नमा उनले त्यसमा छलपल गरेर अघि बढ्न सकिने बताए।  

चेम्बर अफ कमर्शका अध्यक्ष राजेश काजि श्रेष्ठले बजेट पढ्दा रामाे लागेर स्वागत गरेकाे तर आर्थिक विधेक आएपछि पसिना पसिना हुनुपर्ने अवस्था आएको बताए। ढुवानि व्यवसायलाई भ्याटकाे दायरामा ल्याउदा त्यसले सम्पुण क्षेत्रकाे लागत बढ्ने श्रेष्ठले बताए। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved