आइफाबारे सञ्चारमन्त्रीको आक्रोश, ‘मिडिया पैसा तोक्ने, संसदीय समिति हचुवामा निर्देशन दिने’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 04, 2019 | 03:25:21 PM मा प्रकाशित

laxmi  sunrise bank

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले भारतको आइफा अवार्डका लागि सरकारले पैसा दिने निर्णय नगरेको दोहोर्याएका छन् । 

‘आइफालाई कुनै पैसा दिने निर्णय भएको होइन । सरकारले आयोजना गर्ने भनेको होइन’ बास्कोटाले भने ‘मिडिया र पत्रकारहरुले त रकमै तोक्नु भयो । मिडियाले रकम तोके जस्तो थिएन, सैद्धान्तिक सहमति जनाएको हो, छलफलकै चरणमा भएको विषयलाई निर्णय नै भनेर प्रचार गरियो ।’ 

सरकारका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्त समेत रहेका मन्त्री बास्कोटाले आइफाबारे संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिले पनि बुझ्दै नबुझी निर्देशन दिएको आरोप लगाए । ‘संसदीय समितिले हचुवाको भरमा निर्णय दियो’ उनले भने, ‘समितिमा को राष्ट्रवादी को राष्ट्रघाती भनेको पनि सुनियो । थेसिस गरेर नै निर्णय गर्नु भयो होला । विज्ञहरुसँग पनि कुरा गर्नु भयो होला ।’ 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved