संखुवासभा गोली काण्डः ‘एसएलआर’सहित विप्लवका कार्यकर्ता पक्राउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 04, 2019 | 04:08:32 PM मा प्रकाशित

laxmi  sunrise bank

संखुवासभाको सिलिचोङ गाउँपालिका–१ होयङ्लामा सोमबार भएको गोली काण्डपछि प्रहरीले विप्लवका एक कार्यकर्तालाई हतिरसहित पक्राउ गरेको छ । 

संखुवासभाका डिएसपी मिम लामाले विप्लवका एक कार्यकर्तालाई एसएलआर राइफलसहित पक्राउ गरिएको पुष्टि गरेका छन् । जिल्ला प्रहरी कार्यालयले बिहीबार विज्ञप्ति निकालेरै ओखलढुंगामने चिसखुगढी गाउँपालिका–७ का निमदोर्जी तामाङ पक्राउ परेको जनाएको छ । पक्राउ परेका तामाङकै सूचनाको आधारमा प्रहरीले सिलिचोङके होयाङ्ला मयङ्दमा ढुंगाको ओढारमा लुकाएर राखेको एक राउण्ड गोली च्याम्बर लोड भएको एसएलआर राइफल बरामद समेत गरेको छ । 

राइफलसँगै १० राउण्ड गोली लोड भएको म्यागजिन एउटा १, एलएमजी राइफलमा लाग्ने म्यागजिनसहित २० राउण्ड गोली, झोलामा राखिएको एसएलआर राइफलको गोली ५४ थान र बिष्फोटन गराउन प्रयोग गरिने रातो रंगको ३४ फिट लामो डेडकर्ड पनि बरामद भएको छ । एनसेलको सिम भएको एक थान मोबाइल, स्लिपिङ ब्याग, झोला, ‘कार्ल मार्क्स व्यक्तित्व र कृतित्व’ शीर्षकको पुस्तक, खाली डायरी एउटा र एसएलआर राइफलको गोलीको खोका १३ थान बरामद गरिएको प्रहरीले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved