दिगो विकासका लागि नीजि क्षेत्रले २ तिहाई लगानी गर्नुपर्छः मन्त्री खतिवडा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 06, 2019 | 03:31:08 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थमन्त्री डा. युवराज खतिवडाले दिगो विकासको १७ वटै लक्ष्यमा निजि क्षेत्रको भुमिका हुने बताएका छन् । शुक्रबार एनबीआइले आयोजना गरेको जिम्मेवार व्यवसायी सम्मेलनमा बोल्दै उनले शिक्षामा निजि क्षेत्रको भुमिकालाई सरकारले स्वीकार गरेको तर नेपाली समाजले धान्न सक्ने गरि मात्रै नाफा कमाउने गरि काम गर्नुपर्ने उल्लेख गरे । 

‘चाहे त्यो निजि क्षेत्र होस अथवा पब्लिक क्षेत्र होस । जातिय लैङ्गिक र  अपाङ्गताहरूलाई विभेदकारी नीति गर्ने कामको अन्त्य गदै श्रमको सम्मान गर्नुपर्छ’ मन्त्री खतिवडाले भने, ‘नउठाउनुपर्ने मान्छेबाट कर उठाएर नदिनुपर्ने मान्छेलाई अनुदान दिनुपर्ने अवस्था नआओस् ।’ 

उनले वातावरणका लागि हानिकारक भएकोले पेट्रोलियम पदार्थमा कडाई गर्दै नविकरणीय उर्जालाई सरकारले प्राथमिकता दिएको बताए । ‘तपाईहरूले सँधै पेट्रोलियम मा नै छुट र अनुदान खोज्ने होईन नविकरणिय उर्जाको विकास र प्रयोगमा ध्यान दिनुस’ उनले भने । निजी क्षेत्रले सरकाले ल्याएका सुधारका कामको विरोध गर्ने नभई कार्यान्वयनमा सहजकिरण गरिदिनुपर्ने उनको भनाई छ । उनले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमलाई सघाउन ब्यावसायलाई आग्रह गरे । 

मन्त्री खतिवडाले सरकारले लिएको दिगो विकासको लक्ष्य पुरा गर्ने मुख्य भुमिका नीजि क्षेत्रको भएको बताउँदै उक्त लक्ष्य पुरा गर्न आवश्यक लगानीको दुई तिहाई नीजि क्षेत्रले गर्नुपर्ने धारणा राखे । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved