नेपाल र चीनबीच विभिन्न १७ वटा सम्झौतामा हस्ताक्षर भएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीले आ–आफ्नो टोलीको नेतृत्व गरेको प्रतिनिधिमण्डलस्तरीय वार्तापछि सम्झौतामा हस्ताक्षर भएको हो ।
हस्ताक्षर भएको सम्झौतामा रसुवागढी–काठमाडौं र तातोपानी–काठमाडौ सडक स्तरोन्नती, टोखा– छहरे सुरुङमार्ग, मदन भण्डारी विश्वविद्यालय, कर्णाली करिडोर, केरुङ–काठमाडौ रेलमार्गको डीपीआर तहको अध्ययन लगायतका विषय समावेश छन् ।
सम्झौतामा काठमाडौं महानगरपालिका र चीनको नान्सी शहर तथा बुटवल उपमहानगरपालिका र चीनको सियान शहरबीच भगिनी सम्बन्ध स्थापना गरिने उल्लेख छ ।