पूर्व गृहराज्यमन्त्री कँडेल भारतीय नागरिक भएको खुलासा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 22, 2019 | 08:43:14 AM मा प्रकाशित

laxmi  sunrise bank

पूर्वगृहराज्यमन्त्री तथा नेपाली कांग्रेसको तर्फबाट बहालवाला सांसद देवेन्द्रराज कँडेल  भारतीय नागरिक भएको खुलासा भएको छ । उनी हाल भारतको उत्तरप्रदेशमा रहेको महाराजगन्जको ठुठीबारीस्थित राधादेवी इन्टरकलेज व्यवस्थापन समितिको अध्यक्ष रहेको नयाँ पत्रिका दैनिकले खुलासा गरेको हो। 

अध्यक्षको चुनाव लडेर विजय भएपछि उनले  हिन्दीमा शपथ खाँदै आफु भारतको ३३ कसाया रोड, बेतिया हाता, जनपद गोरखपुरको बासिन्दा भएको उल्लेख गरेका छन् ।उनले यो विवरण गलत भए भारतको संविधानअनुसार कारबाही भोग्न तयार रहेको स्वघोषणा पनि शपथमा गरेका छन् ।

कँडेलले भारतीय नागरिकको रुपमा शपथ खाएको विषयमा अख्तियारमा उजुरी परेको छ । अख्तियारले यो विषयमा अनुसन्धान गर्न निर्देशन दिएपछि नेपाल प्रहरीको सिआइबीले अनुसन्धान टोली खटाएको छ ।

उनले दोहोरो नागरिकता लिएको विषयमा भारतमा पनि छानबिन भइरहेको छ । भारतीय कानुनअनुसार कुनै पनि प्रतिष्ठानमा गैरभारतीय नागरिकले पदाधिकारी बस्न नपाउने प्रावधान छ । आफ्नो विषयमा इलाहावाद उच्च अदालतमा मुद्दा चलिरहेको स्वयं कँडेलले पनि स्वीकारेका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved