प्रहरीले काठमाडौंको महाराजगञ्जस्थित जुवाखालबाट २५ जनालाई पक्राउ गरेको छ । जुवाखालबाट नगद र चेकसहित ५ करोडभन्दा बढी रकम बरामद भएको प्रहरीले जनाएको छ ।
महाराजगञ्जस्थित होटल साम्बालापछाडि रहेको विक्रम पौडेलको घरमा प्रहरीले छापा मार्दा उनीहरु पक्राउ परेका हुन् । महानगरीय प्रहरी परिसरका प्रमुख उत्तमराज सुवेदीले जुवाखालबाट २ करोड ६७ लाख नगद र ३ लाखको चेक बरामद भएको जानकारी दिए ।
पक्राउ पर्नेमा इन्द्रप्रसाद श्रेष्ठ, ‘क्यासिनो किङ’ भनिने बलराम सापकोटा (बले) र शोभित सिलवाल लगायत छन् ।