एएफसी एसिया कप छनोट : नेपाल र फिलिपिन्सबीचको खेल सुरु (हेर्नुस लाइभ)

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 14, 2017 | 12:13:16 PM मा प्रकाशित

laxmi  sunrise bank

एएफसी एसिया कप छनोट फुटबलमा अहिले नेपालले फिलिपिन्ससँग प्रतिस्पर्धा गरिरहेको छ ।  एन्फा कम्प्लेक्स सातदोबाटोमा खेल भईरहेको हो ।  

समूह चरणमा यसअघिका चार खेलमा जित निकाल्न नसकेको नेपाल एशियन कप छनोटबाटै बाहिरिइसकेको छ । नेपालले अवे खेलमा फिलिपिन्ससँग ४-१ को पराजय ब्यहोरेको थियो ।

खेलको लागि मूख्य प्रशिक्षक ग्योतोकु कोजी र प्रशिक्षक राजुकाजी शाक्यले अनिल गुरुङको कप्तानीमा २३ सदस्यीय नेपाली टोली छनोट गरेका छन् ।टोलीमा तीन गोलरक्षक, ७ डिफेण्डर, ८ मिडफिल्डर र ५ स्ट्राइकर छन्  । 

हेर्नुस लाइभ : 


कप्तान अनिल गुरुङले फिलिपिन्सबिरुद्धको खेलसँगै राष्ट्रिय टोलीबाट ५० क्याप पूरा गर्नेछन् । उनले   खेलपछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने बताइसकेका छन् । त्यस्तै अस्ट्रेलियामा बस्दै आएका जगजित श्रेष्ठले झन्डै डेढ वर्षपछि राष्ट्रिय टिममा पुनरागमन गरेका छन। 


यस्तो छ नेपाली टिम : 

गोलरक्षकः किरणकुमार लिम्बु, बिकेश कुथु, बिशाल श्रेष्ठ

डिफेण्डरः बिराज महर्जन, रोहित चन्द, अनन्त तामाङ, कमल श्रेष्ठ, जितेन्द्र कार्की, राजेन्द्र रावल, दिनेश राजवंशी

मिडफिल्डरः सुजल श्रेष्ठ, बिशाल राई, बिक्रम लामा, अञ्जन विष्ट, जगजीत श्रेष्ठ, हेमन गुरुङ, हेमन्त थापामगर, सुनील वाल

फरवार्डः भरत खवास, बिमल घर्तीमगर, अनिल गुरुङ, नवयुग श्रेष्ठ, जर्ज प्रिन्स कार्की

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved