मेस्सीलाई पछी पार्दै रोनाल्डोले जिते बालोन डे ओर अवार्ड, मेसीको कीर्तिमानसंग बराबरी

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Dec 07, 2017 | 11:55:11 PM मा प्रकाशित

laxmi  sunrise bank

रियल म्याड्रिडका स्ट्राइकर रोनाल्डोले पाँचौं पटक बालोन डे ओर अवार्ड जितेका छन। यससंगै रोनाल्डोले आफ्ना चिर प्रतिद्वन्द्वी लियोनल मेसिको कीर्तिमानीसंग बराबरी गरेका छन। रोनाल्डोले सर्वाधिक ५ पटक अवार्ड जित्ने मेसीको कीर्तिमान बराबरी गरेका हुन।

रियल मड्रिडबाट क्लब पुटबल खेल्दै रोनाल्डोले गत बर्ष २०१६-१७ मा दुई पटक च्याम्पियन्स लिग र एक पटक ला लिगा जिताए बापत उनलाई यो अवार्डबाट सम्मानित गरिएको हो। रोनाल्डोले मेसि र नेमारलाई पछि पार्दै यो अवार्ड हात पारेका हुन। ३२ बर्षिय रोनाल्डोले २०१६-१७ को सिजनमा आइपुग्दा कुल ४२ गोल गरेका छन।

अवार्ड जितेपछि आफ्ना सहकर्मीलाई धन्यबाद दिंदै रोनाल्डोले भने,'म धेरै खुसि छु, फ्रान्सको पेरिसमा यो अवार्ड लिंदै गर्दा उत्कृष्ट महसुस गरेको छु, साच्चिकै रमाइलो क्षण हो' उनले भने, 'यो मेरो करियरमा सुखद पल हो, हरेक बर्ष प्राप्त गर्न चाहेको चाहना हो मेरो लागि, सबै मेरा मित्रहरुलाई धन्यवाद दिन चाहन्छु।'

रोनाल्डोले फ्रान्सले दिने उत्कृष्ट अवार्ड लगातार दुई बर्ष हात पारेका छन। गत बर्ष उत्कृष्ट फिफा प्ल्येर २०१६-१७ जिते लगत्तै रोनाल्डोले यो बर्ष बालोन डे ओर अवार्ड जितेका हुन।    

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved