सन्दिपले माइकल क्लार्कसंग यसरि साटे आफ्नो आइपिएल अनुभव (भिडियो)

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

May 13, 2018 | 08:46:06 AM मा प्रकाशित

laxmi  sunrise bank

भारतको उत्कृष्ट आइपीएल प्रतियोगितामा खेल्ने पहिलो नेपाली क्रिकेटर बनेका सन्दिप लामिछानेले डेब्यु खेलमा नै विकेट लिएर आफ्ना फ्यानहरुलाई खुसि दिलाएका छन। 

प्रतियोगितामा दिल्ली डेयर डेभिल्सबाट 'डेब्यु' गरेका लामिछानेले रोयल्स च्यालेन्जर बैंगलोरका ओपनर ब्याट्सम्यान पार्थिब पटेलको विकेट लिएर आफ्नो कौशलता प्रदशन गरेका छन।

आइपिएल लिगमा छनौट भएपछी नेपाली क्रिकेट प्रेमीका आकर्षणका केन्द्र बनेका लामिछानेले दिल्ली डेयर डेभिल्सबाट डेब्यू गरेका हुन।  दिल्ली डेयर डेभिल्सले लामिछानेलाई २० लाख भारुमा अनुबन्ध गरेपनि प्रतियोगिताको ४५ औं खेलमा मात्र खेल्ने अवसर पाएका हुन। यस संगै सन्दिप लामिछाने आइपिएलमा खेल्ने पहिलो नेपाली क्रिकेटर बन्न सफल भएका छन।

आइपिएलमा खेल्ने अवसर पाएसंगै माइकल क्लार्कले खेलको अनुभबबारे सन्दिप लामिछानेले गरेको कुराकानीमा लामिछानेले खुसि व्यक्त गरेका छन। आइपिएल जस्तो प्रतियोगितामा खेल्ने अवसर पाएकोमा लामिछानेले नेपालका कोच, माइकल क्लार्क तथा आफ्ना सम्पूर्ण फ्यानहरुमा खुसि व्यक्त गरेका छन। 

विश्वकै उत्कृष्ट ब्याट्सम्यान मानिने बिराट कोहली र भारतका ब्याट्सम्यान पार्थिब पटेल जस्ता खेलाडीहरुबिरुद्द बलिंग गर्न पाउनु खेल जीवनकै ठुलो अवसर भएको सन्दिप लामिछानेले कुराकानीमा बताएका छन। हेर्नुस भिडियो:



Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved