सन्दीपले पाए २५ लाखको कार, तीन बर्षका लागि टाटा सिप्रदीमा अनुबन्ध (तस्वीर सहित)

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

May 23, 2018 | 09:42:09 PM मा प्रकाशित

laxmi  sunrise bank

इन्डियन प्रिमियर लिग (आइपीएल) मा उत्कृष्ट प्रदशन गरेका युवा क्रिकेटर सन्दिप लामिछानेले कार पाएका छन। टाटाको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रालिले तीन वर्षका लागि सहकार्य घोषणा गर्दै लामिछानेलाई कार उपहार दिएको हो।

बुधबार आयोजित कार्यक्रममा सिप्रदी ट्रेडिङका निर्देशक शम्भुप्रसाद दाहाल, सीईओ राजनबाबु श्रेष्ठ र टाटा इन्डियाका  नेपाल प्रमुख अजितनारायण सिंहले सन्दीपलाई टाटा मोटर्सको नयाँ रेन्जर भेइकल 'टाटा टिगोर स्टाइल ब्याक' गाडीको चाबी हस्तान्तरण गरे। सम्झौता अनुसार सन्दिपले अर्को तिन बर्षसम्म टाटा सिप्रदीको उत्पादन प्रवर्दन गर्नेछन। 

सन्दिपले आइपिएलमा उत्कृष्ट प्रदशन गरि नेपालको गरिमा बढाएकाले सन्दिपलाई कार उपहार दिएको सिप्रदी ट्रेडिङका निर्देशक शम्भुप्रसाद दाहालले बताए। 

सन्दीपलाई उपहारमा दिइएको कारको मुल्य २४ लाख ९५ हजार रुपैयाँ पर्ने सिप्रदी ट्रेडिङका सीईओ राजनबाबु श्रेष्ठले कार्यक्रममा जानकारी दिए। सीइओ श्रेष्ठले बिजपाटीलाई दिएको जानकारी अनुसार सन्दिपले कम्तिमा अर्को तीन बर्षसम्म कुनै पनि अटो कम्पनिको ब्राण्ड प्रवर्दन गर्न पाउनेछैनन। 'सन्दिप अबको तीन बर्षसम्म सिप्रदी ट्रेडिङमा अनुबन्ध भएका छन, अहिलेको सम्झौता अनुसार उनले तीन बर्षसम्म अर्को अटो कम्पनिको उत्पादन प्रवर्दन गर्न पाउनेछैनन' श्रेष्ठले भने। 

१७ बर्षिय युवा खेलाडी सन्दिपले टाटा सिप्रदी ट्रेडिङले गरेको सम्मानले उत्साह जगाएको प्रतिक्रिया दिए। त्यस्तै कार्यक्रममा उपस्थित नेपाली क्रिकेट टिमका कप्तान पारस खड्काले नेपाली क्रिकेटमा नयाँ सन्दिपहरु उत्पादन गर्नलाई कर्पोरेटहरुको साथ आवश्यक रहेको बताए। 

भारतको चर्चित प्रतियोगिता आइपिएल खेल्ने पहिलो नेपाली खेलाडी हुन। डिल्ली डेभीयर्समा भारु २० लाखमा अनुबन्ध भएका सन्दिपले जारि प्रतियोगितामा उत्कृष्ट प्रदशन गरि चौतर्फी वाहवाही पाएका छन। सन्दिपले आइपिएलमा आफ्नो अन्तिम खेलमा मुम्बई इन्डियन्सविरुद्ध तीन विकेट लिए ।    



Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved