नेपाल बाहिरीने पक्का! हङकङलाई ९६ रनकाे लक्ष्य

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 04, 2018 | 12:13:30 PM मा प्रकाशित

laxmi  sunrise bank

मलेसियामा जारी एसिया कप छनौट अन्तर्गतको आफ्नो महत्त्वपूर्ण खेलमा नेपालले कम्जोर प्रदशन गरेको छ। हङकङबिरुद्दको खेलमा खराब प्रदर्शन गर्दै नेपाल ३७.५ ओभरमा ९५ रनमै अलआउट भएको हो।

फाइनलमा स्थान बनाउने सम्भावना जिवितै राख्न ठूलो अन्तरले विपक्षीलाई हराउनुपर्ने बाध्यतामा रहेको नेपालले मात्र एक रन हुँदा पहिलो विकेट गुमाएको थियो।  

टस जितेर पहिले ब्याटिङ गरेको नेपाललाई सुरुवातमा नै झट्का लाग्न पुग्यो। ओपनर सुवास खकुरले खाता खोल्न नपाउदै आउट भए। त्यसपछि नेपालले २३ रनमा अर्को विकेट गुमायो।  कप्तान पारस खड्का मात्र १४ रनमा पेभेलियन फर्किए। नेपालको स्कोर ४४ रनका हुदा अनिल शाह १५ रनमा आउट भएपछि तेस्रो विकेट गुमायो।

त्यस्तै ४८ रन बनाउँदा ज्ञानेन्द्र मल्ल १२ रनमा पेभेलियन फर्किए। तर, लगत्तै दिपेन्द्र ऐरी मात्र २ रनमा आउट भएपछि नेपालको पारी धरापमा पर्‍यो।महत्त्वपूर्ण खेलमा शानदार पारि खेल्नुपर्ने ब्याट्सम्यानहरु सस्तोमा नै समेटीएपछि पछिल्ला क्रममा आएकाहरु समेत एक पछि अर्को गर्दै आउट भए। जस कारण नेपालले आफ्नो महत्त्वपूर्ण खेलमा निरास प्रदशन गर्यो।  

अहिलेसम्मकै कमजोर ब्याटिङ गरेको नेपालले ५५ रनमै छैठौं विकेट खेर फाल्यो। सागर पुन व्यक्तिगत ७ रनमा आउट भए। त्यसपछि नेपालको स्कोरबोर्डमा अरू तीन रन थपिँदा सातौं विकेट गयो। सोमपाल कामीले खाता खोल्न नपाई १२  बल खेलेर आउट भए।

बसन्त रेग्मीसँग ३४ रनको साझेदारी गरेका आरिफ शेख २० रनको व्यक्तिगत स्कोरमा आउट भए। नेपालका लागि सर्वाधिक रन बनाएका उनले ५४ बल खेलेर २ चौका प्रहार गरेका थिए। नवौ नम्बरमा आएका सन्दिप लामिछानेले ४ बल खेल्दै २ रन बनाएर आउट भए। अन्तिममा आएका ललित नारायण राजबंशी खाता नखोल्दै आउट भए।

नेपाललाई सस्तैमा रोक्न हङकङका इसान खानले सर्वाधिक ४ विकेट लिए। ७.५ ओभर बलिङ गरेका उनले १५ रन खर्चिएर एक मेडनसहित ४ विकेट लिएका हुन्। यस्तै मोहम्मद आइजाज खान र तनविर अफजालले २-२ विकेट लिए भने नाबिद अहमेद र इसान खानले १-१ विकेट लिए।हङकङका बलरहरूले ८ ओभर मेडन राखेका थिए।  

एसिया कप छनौट: अन्तिम खेलमा पहिले ब्याटिंङ गर्दै नेपाल, फाइनल पुग्न यस्तो नतिजा आवश्यक

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved