सन्दिपले ५ विकेट लिए पनि हारबाट जोगिएन नेपाल, एसियाकप छनौटबाट बाहिरियो

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 04, 2018 | 01:31:33 PM मा प्रकाशित

laxmi  sunrise bank

मलेसियामा जारी एसिया कप छनौटबाट नेपाल बाहिरिएको छ । आज  हङकङसंग ३ विकेटले पराजित भएपछि नेपालको एसिया कपको लागि छनौट हुने सम्भावना सकिएको हो । नेपालले हंगकंगलाई दिएको ९६ रन्को झिनो लक्ष्य हंगकंगले ७ विकेटको क्षतिमा ३२.३ ओभर मै भेट्टायो  ।

यस संगै नेपाल प्रतियोगितामा नेपाल खेल खेलेकोमा केवल २ मा मात्र जित निकाल सफल भयो । नेपालले मलेशिया र सिंगापुर माथि जित निकालेको हो भने ओमान, हंगकंग र युएईसंग पराजित भयो ।

आजको खेलमा टस जितेर ब्याटिंग गरेको नेपालले  खराब प्रदर्शन गर्दै  ३७.५ ओभरमा ९५ रनमै अलआउट भयो ।  फाइनलमा स्थान बनाउने सम्भावना जिवितै राख्न ठूलो अन्तरले विपक्षीलाई हराउनुपर्ने बाध्यतामा रहेको नेपालले मात्र एक रन हुँदा पहिलो विकेट गुमाएको थियो।  टस जितेर पहिले ब्याटिङ गरेको नेपाललाई सुरुवातमा नै झट्का लाग्न पुग्यो। ओपनर सुवास खकुरले खाता खोल्न नपाउदै आउट भए। त्यसपछि नेपालले २३ रनमा अर्को विकेट गुमायो।  कप्तान पारस खड्का मात्र १४ रनमा पेभेलियन फर्किए। नेपालको स्कोर ४४ रनका हुदा अनिल शाह १५ रनमा आउट भएपछि तेस्रो विकेट गुमायो।

त्यस्तै ४८ रन बनाउँदा ज्ञानेन्द्र मल्ल १२ रनमा पेभेलियन फर्किए। तर, लगत्तै दिपेन्द्र ऐरी मात्र २ रनमा आउट भएपछि नेपालको पारी धरापमा पर्‍यो।महत्त्वपूर्ण खेलमा शानदार पारि खेल्नुपर्ने ब्याट्सम्यानहरु सस्तोमा नै समेटीएपछि पछिल्ला क्रममा आएकाहरु समेत एक पछि अर्को गर्दै आउट भए। जस कारण नेपालले आफ्नो महत्त्वपूर्ण खेलमा निरास प्रदशन गर्यो।  

अहिलेसम्मकै कमजोर ब्याटिङ गरेको नेपालले ५५ रनमै छैठौं विकेट खेर फाल्यो। सागर पुन व्यक्तिगत ७ रनमा आउट भए। त्यसपछि नेपालको स्कोरबोर्डमा अरू तीन रन थपिँदा सातौं विकेट गयो। सोमपाल कामीले खाता खोल्न नपाई १२  बल खेलेर आउट भए।

बसन्त रेग्मीसँग ३४ रनको साझेदारी गरेका आरिफ शेख २० रनको व्यक्तिगत स्कोरमा आउट भए। नेपालका लागि सर्वाधिक रन बनाएका उनले ५४ बल खेलेर २ चौका प्रहार गरेका थिए। नवौ नम्बरमा आएका सन्दिप लामिछानेले ४ बल खेल्दै २ रन बनाएर आउट भए। अन्तिममा आएका ललित नारायण राजबंशी खाता नखोल्दै आउट भए।

नेपाललाई सस्तैमा रोक्न हङकङका इसान खानले सर्वाधिक ४ विकेट लिए। ७.५ ओभर बलिङ गरेका उनले १५ रन खर्चिएर एक मेडनसहित ४ विकेट लिएका हुन्। यस्तै मोहम्मद आइजाज खान र तनविर अफजालले २-२ विकेट लिए भने नाबिद अहमेद र इसान खानले १-१ विकेट लिए।हङकङका बलरहरूले ८ ओभर मेडन राखेका थिए।  

हंगकंग बिरुद्द सन्दिप लामिछाने एक्ल्यैले ५ विकेट लिए भने बसन्त रेग्मी र सगर पुनले १-१ विकेट लिए ।


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved