साफ च्याम्पियनसिप: टस गरेर छानियो सेमिफाइनलमा नेपालको प्रतिद्वन्द्वी

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 09, 2018 | 09:01:27 PM मा प्रकाशित

laxmi  sunrise bank

बङ्गलादेशमा जारी साफ च्याम्पियनसिपको फाइनल प्रवेशको लागि नेपाल र माल्दिभ्स भिड्ने भएका छन् । आज भएको समुह बि को अन्तिम खेलमा भारतले माल्दिभ्सलाई २-० गोल अन्तरले पराजित गरेपछि समुह ए को बिजेता नेपालले समुह बि को उप बिजेता माल्दिभ्सलाई प्रतिद्वन्द्वीको रुपमा पाएको हो ।

समुह ए को बिजेताको रुपमा नेपाल र उप बिजेताको रुपमा पाकिस्तान सेमिफाइनलमा प्रवेश गरेका छन् । समुह बि को बिजेताको रुपमा भारत र उप बिजेताको रुपमा माल्दिभ्स सेमीफाइनल प्रवेश गरेका हुन् ।समुह बि मा माल्दिभ्स र श्रीलंकाको गोल डिफरेन्स, खाएको गोल, गरेको गोल र हेड टु हेड पन बराबर भएपछि टस गरेर सेमिफाइनल पुगे टोली छानिएको हो  । टसमा माल्दिभ्स बिजयी भएको हो ।

अब सेमिफाइनलमा नेपाल र माल्दिभ्स तथा भारत र पाकिस्तान भिड्ने छन् । दुवै खेल आगामी बुधबार हुनेछन् । 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved