यु १९ एसिया कप खेल्ने नेपाली टोली घोषणा, शक्ति गौचन म्यानेजर

पहिलो खेल भारतसंग
शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 25, 2018 | 07:18:00 PM मा प्रकाशित

laxmi  sunrise bank

आगामी शनिवारदेखि बंगलादेशमा आयोजना हुने यु-१९ युथ एसिया कपको लागि १५ सदस्यीय नेपाली टिमको घोषणा भएको छ ।  आसिफ शेखको कप्तानीमा रहेको टोलीका उप-कप्तान कमल सिंह ऐरिले रहेका छन् ।

यस्तो छ नेपाली टिम : आसिफ शेख ( कप्तान ) , कमल सिंह ऐरि ( उप कप्तान ), रोहित पौडेल , रभी शाह, नन्दन यादब, रित  गौतम,पवन शर्राफ, रबिन्द्र जंग शाही, राशिद  खान,भिम  शार्की,तृत राज दास, सन्दिप जोरा, सागर  ढकाल,अरुन ऐरि, सुर्य तामांग ।

शक्ति गौचन नेपाली टिमका म्यानेजर रहेका छन् भने मुख्य प्रशिक्षकमा विनोद दास, सहायक प्रशिक्षकमा मनोज कटुवाल,  र टिमको फिजियो बिक्रम न्यौपाने रहेका छन्  । 

प्रतियोगितामा ८ राष्ट्रहरु सहभागी हुनेछन् ।   समुह ‘ए’ मा नेपाल, अफगानिस्तान, भारत र युएई रहेका छन् भने समुह ‘बि’ मा आयोजक बंगलादेश, हंगकंग, पाकिस्तान र श्रीलंका रहेका छन्।  राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शिर्ष स्थानमा रहने २ टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । 

नेपालको पहिलो खेल सेप्टेम्बर २९ मा भारत संग, अक्टोबर १ मा अफगानिस्तानसंग र अक्टोबर २ मा युएईसंग रहेको छ । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved