सन्दिप आगामी सिजनमा पनि दिल्ली डेयरडेभिल्ससंगै रहने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 15, 2018 | 09:17:37 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतको व्यावसायिक क्रिकेट लिग आईपीएलको आगामी सिजनमा पनि दिल्लीसंगै रहने भएका छन् । यस अघि दिल्लीमा रहंदा उत्कृष्ट प्रदर्शन गरेर विश्वव्यापी चर्चा र प्रशंसा बटुलेका सन्दीप २०१९ को सिजनमा पनि दिल्लीसंगै रहने भएका हुन् । दिल्लीले सन्दिप सहित १५ खेलाडीलाई रिटेन अर्थात टोली मै राख्ने निर्णय गरेको हो । १५ मध्ये सन्दिप सहित ५ खेलाडी बिदेशी छन् । 

दिल्लीले रिटेन गरेका बिदेशी खेलाडीमा ट्रेन्ट बोल्ट, क्रिस मोरिस, कोलिन मुन्रो, रबाडा र सन्दिप हुन् । 

यस अघिको सिजनमा सन्दिपले दिल्ली डेयरडेभिल्सबाट तीन खेल खेलेर पाँच विकेट लिएका थिए। उनको खेलको प्रशंसा उनको क्लबका समर्थक र नेपाली क्रिकेटप्रेमीले मात्र हैन, दिग्गज क्रिक्रेट खेलाडी र खेल समीक्षकले पनि गरेका थिए। सन्दीपजस्ता खेलाडीलाई सुरुमै खेलाएको भए दिल्ली डेयरडेभिल्सका पक्षमा सुरुका खेलहरूको नतिजा जानसक्थ्यो भनेर कपिल देवलगायत अन्य विश्लेषकहरू पनि भनेका थिए।  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved