आइसीसी यू–१९ विश्वकपको एशिया छनोट अन्तर्गत यूएईविरुद्धको खेलमा डेब्यु गरेका हरिबहादुर चौहानले उत्कृष्ट प्रदशन गरेका छन। चौहानको अर्धशतकको सहायतामा नेपालले युएईलाई २४८ रनको लक्ष्य दिएको छ
पहिलो पटक यू–१९ टिममा स्थान बनाएका चितवनका हरिले यूएईविरुद्ध पाएको मौकालाई सदुपयोग गर्दै नटआउट हुँदे ७४ बलमा ६७ रन बनाए । उनले ७ वटा चौका प्रहार गरे । नेपाली टिम कठिन स्थितिमा रहेको बेला क्रिजमा आएका हरिले भीम सार्कीसँग ९२ रनको साझेदारी गरेका थिए ।
नेपालले २४७ रन जोड्दा भीम सार्कीले ५३, रित गौतमले ४४ रन र आशिफ शेखले २७ रनको योगदान दिएका छन। त्यस्तै यूएईका लागि रिषभ मुखर्जीले सर्वाधिक ४ विकेट लिँदा मुहम्मद फराजुद्दिनले ३ विकेट लिए । आरोन बेन्यामिन, अलिशान शरार्फ र पलानियापन मियप्पनले समान १-१ विकेट लिए । यूएईका आर्यन लाक्राले विकेट नलिए पनि १० ओभरको स्पेलमा १ मेडन राख्दै जम्मा १७ रन दिए ।