थप २ देशले पाए एक दिबशीय मान्यता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 25, 2019 | 10:00:36 AM मा प्रकाशित

laxmi  sunrise bank

ओमान र अमेरिकाले एक दिवशीय मान्यता पाएका छन् । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले बुधबार यी दुई देशले एक दिबशीय मान्यता पाएको घोषणा गरेको हो ।

आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु अन्तर्गत खेलमा ओमानले नामिवियालाई हराउदै एक दिवशीय मान्यता पाएको हो । त्यस्तै अमेरिकाले पनि हङ्कङलाई पराजित यो मान्यता पाएको हो । नामिवियामा जारी विश्व क्रिकेट लिग डिभिजन टूबाट शीर्ष चार टिमले चार वर्षका लागि एक दिवशीय मान्यता पाउनेछन् । नामिविया, हङ्कङ, क्यानडा र पपुवा न्युगिनी बाँकी दुई स्थानको प्रतिष्पर्धामा छन् ।

यी दुई देशले एक दिबशीय मान्यता पाए संगै नेपालले यी देश संग सिरिज खेल्न सक्ने छ  । तर त्यसको लागि दुवै देशले आवश्यक पहल गर्नु पर्ने छ । अमेरिकाले पुबुदु दासनायेकेको प्रशिक्षणमा एक दिबशीय मान्यता पाएको हो  । उनै पुबुदुले नेपालको क्रिकेटलाई पनि नयाँ उचाईमा पुर्याएका थिए  । नेपाल क्रिकेट प्रति पनि पुबुदुको सद्भाव छ  । यसै कारण पनि निकट भबिश्य मै नेपाल र अमेरिका साथै एक दिबशीय पाएका अन्य देश संग सिरिज खेल्ने नयाँ अवसर जुटेको हो  ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved