हङकङलाई हराउँदै नेपाल एसीसी यु–१६ क्रिकेटको फाइनलमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 27, 2019 | 05:00:29 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल एसीसी यु–१६ इष्टर्न रिजन क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । शनिबार थाइल्याण्डमा भएको खेलमा सेमिफाइनलमा हङकङलाई ४ विकेटले हराउँदै नेपालले फाइल यात्रा तय गरेको छ । 

हङकङले दिएको ८८ रनको झिनो लक्ष्य २१ ओभर ४ बलमा ६ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि आशिष भट्टराईले सबैभन्दा धेरै १७ रनको योगदान गरे । हङकङका ब्रिजनारायण शिवपुरीले ३, अहन कन्हाई त्रिवेदीले २ र रौनक कपुरले १ विकेट लिए । 

टस जितेर ब्याटिङ रोजेको हङकङले आरुष भागवतको एकल प्रदर्शनमा ८७ रन जोडेको थियो । भागवतले ४३ रनको पारी खेल्दा अन्य कुनै ब्याट्म्यानले दोहोरो अंक बनाउन सकेनन् । हङकङले ३२ ओभर २ बलमा सबै विकेट गुमाएर ८७ रन बनाएको हो । 

नेपालका लागि निखिल सिंहले ४, विशाल पटेल र रमेश कुर्मीले २ तथा तिलक राज भण्डारीले १ विकेट लिए । 

जितसँगै नेपाल समूह एको विजेता बनेको छ । आइतबार हुने फाइनलमा नेपालले समूह बीको विजेता मलेसीयासँग प्रतिस्पर्धा गर्ने छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved