नेपालले लगातार दोस्रो पटक जित्यो यु १६ क्रिकेटको उपाधि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 28, 2019 | 02:49:41 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालले १६ बर्ष मुनिको एशिया पूर्वी क्षेत्रको क्रिकेट प्रतियोगिता जितेको छ। आइतबार थाईल्यान्डमा भएको फाइनल खेलमा नेपालले ५९ रनले मलेशियालाई पराजित गरेर उपाधि सुरक्षित राखेको हो। यो संगै नेपालले लगातार २ पटक उपाधि जितेको छ । 

टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित ३५ ओभरमा नौ विकेटको क्षतिमा १४० रन बनाएको थियो। नेपालको लागि प्रशान्त महतले सर्बाधिक ४० रन तथा दिपक बोहराले २३ रन जोडेका थिए। १ सय ४१ रन्को बिजयी लक्ष्य लिएर मैदान उत्रेको मलेशिया ३४.५ ओभरमा अल आउट हुदै ८१ रनमा समेटियो ।नेपालका लागि विशाल कुमार पटेलले ४, दिपक बोहराले ३, निखिल कुमार सिंह र क्रीस कार्कीले समान १/१ विकेट लिए ।

यो प्रतियोगितामा आठ राष्ट्र सहभागी थिए। समूह ए मा रहेको नेपाल अविजित रहँदै सेमिफाइनलमा प्रवेश गरेको थियो। सन् २०१७ मा थाईल्याण्डमा आयोजित एसीसी अन्डर-१६ पूर्वी क्षेत्र प्रतियोगिताको उपाधि नेपालले फाइनलमा सिंगापुरलाई पराजित गर्दै जितेको थियो  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved