बजेट सक्न असारे झरीमा मेयर कप (फोटो फिचर)

निरोज कुमार थापा

निरोज कुमार थापा

Jul 13, 2019 | 07:21:04 AM मा प्रकाशित

laxmi  sunrise bank

जिल्लाकै ठुलो पुरस्कार राशी भएको भनिएको फुटबल प्रतियोगीता रामेछापमा जारी छ । असारको अन्तिममा मध्य झरीको ख्याल नै नगरी रामेछाप नगरपालिकाले आयोजना गरेको उक्त प्रतियोगीतामा १२ वटा टिम मैदानमा थिए । यीमध्ये चार टिम बाहिरिएका छन् । 

रामेछाप नगरपालिका, मन्थली ब्वाईज युनाइटेड, सारथी युवा क्लब , नयाँ गोरखदल गण, महाकाली, लर्डबुद्ध, सुकाजोर, लिखु बेनी , दिपशिखा, सानीमदौ, सांस्कृतिक, एविसी टिम सहभागी खेल वर्षातले प्रभावित हुँदै आएको छ । अवरुद्ध–सुरु–अवरुद्ध हुँदै भईरहेको प्रतियोगीता रामेछापको टुँडिखेल मैदानमा भईरहेको छ । पानीले हिलाम्मे मैदानमा खोलडीलाई त सकस छ नै, दर्शक दीर्घामा बसेर खेल हेर्नेलाई समेत प्रभावित बनाएको छ । 

प्रतियोगीतामा सहभागी टिमले वर्षातको मौसममा खेल राख्दा आफूहरुलाई असजिलो भएको बताएका छन् । कतिपयले बुद्धिजीविले भने असारको अन्तिममा बजेट सक्नकै लागि नगरपालिकाले खेलकुद प्रतियोगीता आयोजना गरेको भन्दै आलोचना गरिरहेका छन् । असारे भरी र हिलाम्मे मैदानमा प्रतियोगीता राखेको भन्दै नगरप्रमुख नरबहादुर थापाको सामाजिक सञ्जालमा आलोचना भईरहेको छ ।

प्रतियोगितामा प्रथम, द्धितिय र तृतीय हुने टिमले क्रमश ३ लाख, २ लाख र १ लाख पुरस्कार पाउने छन् । 

अविरल वर्षाले विगारेको मैदानमा खेलाडीहरुः






Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved