इन्टरनेशनल च्याम्पियन्स कपमा बार्यन म्युनिखद्धारा रियल मड्रिड पराजित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 21, 2019 | 10:30:31 AM मा प्रकाशित

laxmi  sunrise bank

इन्टरनेशनल च्याम्पियन्स कपमा बार्यन म्युनिखले रियल मड्रिडलाई पराजित गरेको छ । आइतबार विहान भएको खेलमा बार्यनले रियल मड्रिडलाई ३–१ गोल अन्तरले हराएको हो । 

बार्यनले खेलको १५ औं मिनेटमा कोरिन्टन टोलिसोको गोलबाट अग्रता लिएको थियो । खेलको ६७ औं मिनेटमा रोबर्टो लेभान्डोस्कीले गोल गरे भने दुई मिनेटपछि सर्ज गोनाब्रीले गोल गरे ।

खेलको ८१ औं मिनेटमा बार्यन म्युनिख १० खेलाडीमा सीमित भयो । खराब फउल गरेका कारण स्वेन उलरिचले रातो कार्ड पाएका थिए । त्यसको फाइदा उठाउँदै तीन मिनेटपछि नै रियल मड्रिडका रोड्रागोले गोल गरे, तर टोलीको हार टार्न सकेनन् । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved