च्याम्पियन्स लिगमा बार्सिलोनाको अपराजित यात्रा कायमै, मेस्सीको नयाँ कीर्तिमान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 24, 2019 | 09:15:29 AM मा प्रकाशित

laxmi  sunrise bank

स्पेनिस बार्सिलोनाले च्याम्पियन्स लिगको समुह चरणमा अपराजित यात्रा कायम राखेको छ । समूहको तेस्रो खेलमा बार्सिलोना बुधबार स्लाभिया प्राहालाई २–१ ले पराजित गर्दै ७ अंकका साथ समुह एफको शीर्ष स्थानमा छ । 

खेलको तेस्रो मिनेटमानै लियोनल मेस्सीले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए । योसँगै मेस्सीले च्याम्पियन्स लिगमा लगातार १५ सिजन गोल गर्ने खेलाडीको कीर्तिमान समेत बनाएका छन् । 

पहिलो हाफमा १ गोलको अग्रता बनाएको बार्सिलोनाविरुद्ध जान बोरिलले ५० औ मिनेटमा गोल फर्काउँदै बराबरी गरेका थिए । तर ७ मिनेटपछिनै पिटर ओलायिन्काको आत्मघाति गोल गर्न पुग्दा बार्सिलोना २–१ ले अघि रह्यो । 

समूह एफको शीर्ष स्थानमा रहेको बार्सिलोनाले ७ अंक बनाउँदा दोस्रो स्थानको ईन्टर मिलानको ४ अंक छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved