सन्दीप बने क्रिकेट खेल्न धेरै देश पुग्ने खेलाडी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 31, 2019 | 01:25:06 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली क्रिकेटर सन्दीप लामिछाने टी–२० क्रिकेट खेल्न सबैभन्दा धेरै देश पुग्ने खेलाडी बनेका छन् । क्रिकेटका लागि चर्चित म्यागेजिन ‘क्रिकेट मन्थ्ली’ले गरेको नयाँ सर्वेक्षणमा सन्दीप बढी देशमा पुगेर खेल्ने खेलाडी बनेका हुन् । 

अक्टोबर २०१८ देखि सेप्टेम्बर २०१९ सम्मको अवधिमा सन्दीप क्रिकेट खेल्न बढी देशको भ्रणम गर्ने खेलाडीमा अफगानिस्तानका नाजिबुल्लाह जार्डनसँगै शीर्ष स्थानमा छन् । दुवै जनाले ८ वटा देशमा पुगेर क्रिकेट खेलिसकेका छन् ।

सन्दीपले भारतको आइपिएल, अस्ट्रेलियाको बिग बास, वेस्ट इन्डिजको सिपिएल, बंगलादेशको बिपिएल, पाकिस्तानको पिपिएल, अफगानिस्तानको एपिएल, क्यानडाको ग्लोबल टी–२० र युएईको टी–१० खेलिसकेका छन् ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved