
नेपालले थ्री नेसन्स कपको उपाधि जितेको छ । दशरथ रंगशालामा आज भएको फाइनल खेलमा बंगलादेशलाई २-१ गोल अन्तरले पराजित गर्दै नेपालले उपाधि जितेको हो ।
खेलमा संगोग राईले १७ औ मिनेट मै गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । खेलको ४१ औं मिनेटमा विशाल राईले गोल गर्दै नेपाललाई दोस्रो सफलता दिलाएका थिए। बंगलादेशका लागि दोस्रो हाफमा महोबबुर रहमानले एक गोल गरेका थिए।
प्रतियोगितामा नेपाल र बंगलादेश सहित किर्गिस्तान सहभागी थियो ।
यस संगै नेपालले ३७ वर्षपछि घरेलु मैदानमा ट्रफी जितेको छ । यसै खेलसंगै नेपालका पुर्व कप्तान विराज महर्जनले सन्यास लिएका छन् । उनले नेपालको लागि ७३ खेल खेलेका छन् । सन् २००८ मार्च २५ मा पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलबाट राष्ट्रिय टिममा डेब्यू गरेका ३० वर्षीय विराज एन्फा एकेडेमीका उत्पादन हुन्।