ला लिगाः गेटाफेमाथि बार्साको सानदार जित, मेस्सीको २ गोल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 23, 2021 | 09:38:34 AM मा प्रकाशित

laxmi  sunrise bank

स्पेनिस ला लिगामा बासिर्लानोले गेटाफेमाथि ५–२ गोलअन्तरको जित हात पारेको छ । स्टार स्ट्राइकर लियोनल मेस्सीको २ गोलको मद्दतमा गेटाफेमाथि सानदार जित हात पार्दै बासिर्लानो तेस्रो स्थानमा उक्लिएको छ ।

घरेलु मैदान नोउ क्याम्पमा मेस्सीले खेलको आठौं मिनेटमै गोलको खाता खोले । त्यसको चार मिनेटपछि नै क्लेमेन्ट लेङलेटले आत्मघाती गोल गरेपछि गेटाफेले खेल बराबरीमा ल्यायो । २८ औँ मिनेटमा गेटाफेका सोफियन चाक्लाले आत्मघाती गोल गरेपछि बार्सिलोनाले २–१ ले अघि बढ्यो । खेलको ३३ औं मिनेटमा मेस्सीले ब्यक्तिगत दोस्रो गोल गर्दै पहिलो हाफमा टिमलाई ३–१ को अग्रता दिलाए ।

६९ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै गेटाफेका इनेस उनालले खेल ३–२ को अवस्थामा फर्काए । तर अन्तिम ६ मिनेटमा रोनाल्ड अराउजो र एन्टोइन ग्रिजमनले गोल गरेपछि बार्सिलोना ५–२ गोलअन्तरले विजयी भयो ।

जितपछि बार्सिलोनाले सेभियालाई पछि पार्दै ३१ खेलबाट ६८ अंक जोड्दै लिगको तेस्रो स्थानमा उक्लिएको छ । एक खेल बढी खेलेको रियल मड्रिडको ७० र एट्लेटिको मड्रिडको ७३ अंक छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved