डि मारिया भन्छन्, ‘मेस्सीले आफ्नो अन्तिम फाइनल भनेपछि जसरी पनि जित्नु थियो, जितियो’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 11, 2021 | 01:02:43 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्जेन्टिनाले २८ वर्षको उपाधि खडेरी तोड्दै कोपा अमेरिका २०२१ को उपाधि जित्दा एन्जल डि मारिया निर्णायक बने । पेरिस सेन्ट जर्मेन (पिएसजी) बाट व्यवसायिक फुटबल खेल्दै आएका डि मारियाले ब्राजिल विरुद्दको फाइनलमा २२औं मिनेटमा रोड्रिगो डे पउलको पासमा गरेको गोल नै निर्णायक बन्यो ।

खेलपछि मारियाले लियोनल मेस्सीले आफूहरुलाई यही खेल नै ‘फाइनल’ भएको बताएको खुलासा गरेका छन् । मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनाले डि मारियाकै निर्णायक गोलमा २८ वर्ष लामो उपाधिको खडेरी तोड्यो । मारियाकै गोलमा मेस्सीले देशका लागि पहिलो अन्तराष्ट्रिय ट्रफि जित्ने अवसर पाए ।

डि मारियाले के के भने ?

यो अविस्मरणीय हुन गइरहेको छ, मेस्सीले मलाई धन्यवाद भने, मैले मेस्सीलाई धन्यवाद भनेँ । उनले मलाई यो मेरो फाइनल खेल हो भने । मेस्सीले मलाई जुन फाइनल खेल अब म फेरि खेल्न सक्दिनँ भने । हामीले आजको लागि जे अपेक्षा गरेका थियौँ त्यही भयो । 

आजको दिनमा मेस्सीको हातमा अन्तराष्ट्रिय उपाधि देख्न हामीले चाहेका थियौ । आजको दिन पनि गुमेको भए हामीले मेस्सीको हातमा अन्तराष्ट्रिय उपाधि नदेख्न सक्थ्यौ । त्यसैले मेस्सीलाई यतिबेला हामी सबैको आवश्यकता थियो, हामी उसलाई चाहिएको थियो । 

म मेरा छोरीहरू, श्रीमती, आमाबुवा, हामीलाई समर्थन गर्ने सबै मानिस र यहाँ आएका सबै पागल व्यक्तिहरूको लागि खुसी छु । अब चाँडै विश्वकप आउँदैछ, विश्वकपका लागि आजको सफलता हाम्रा लागि ठूलो प्रोत्साहन हो । 

गोलको लागि पास दिएका डे पउल के भन्छन् ? 

मेस्सीको हातमा ट्रफी दिलाउन योगदान गर्ने मध्ये एक हुन पाउँदा अहिलेसम्मकै सबैभन्दा बढी खुशी भएको छु । अब मेस्सीले अन्तराष्ट्रिय उपाधि बिहिन हुँदै फुटबल करियरबाट बिदा हुनु परेन । 

आजको यो सफलतामा हामीले सपना देखेभन्दा बढी हो । ब्राजिल विरूद्ध माराकानामा च्याम्पियन हुनु सबै प्रकारका अपेक्षाहरू भन्दा बढी छ, म अत्यन्त खुसी छु । 

अब विश्वकपको ट्रफी हाम्रो सपना हो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved