आईपीएलमा २ वटा नयाँ टिम थपिए, बिसीसीआईले कमायो १ खर्ब

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 25, 2021 | 08:09:08 PM मा प्रकाशित

laxmi  sunrise bank

बहु चर्चित इण्डियन प्रिमियर लिग आईपीएलमा २ वटा नयाँ टिम थपिएका छन् । भारतीय क्रिक्त बोर्ड बिसीसीआईले आज २ वटा नयाँ टिम तय गरेको हो ।

लिलामीको माध्यमबाट २ वटा नयाँ टिम तय गरिएको हो । लखनउ र अहमदावाद नयाँ टिम रहेको इएसपीएन क्रिक इन्फोले जनाएको छ ।

लिलामीमा संजिव गोएंकाको आरपीएसजीले समुहले ७ हजार करोडमा लखनउको टिम र प्राइभेट इक्विटी फर्म सिभिसी फर्मले ५२ सय करोडमा अहमदावाद टिम खरिद गरेको इएसपीएन क्रिक इन्फोले जनाएको छ ।

बिसीसीआईले यस अघि नै सन् २०२२ को आईपीएलमा २ वटा नयाँ टिम थपिने घोषणा गरेको थियो । सोहि अनुसार टिमको लागि लिलामी प्रक्रिया गरिएको थियो । २ वटा टिम बिक्रि गर्दा बिसीसीआईले १.५ विलियन डलर अर्थात् १ खर्ब बढी भारु आम्दानी गरेको छ ।

आरपीएसजीले समुहले यस अघि २ वर्षको लागि पुने सुपर जायन्ट टिम पनि खरिद गरेको थियो ।

यस संगै अब आईपीएलमा १० वटा टिम रहने भएका छन् ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved