एक्सन स्पोर्ट्स एच डि १ मा चाईनिज सुपर लिग प्रशारण हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 12, 2021 | 12:44:06 PM मा प्रकाशित

laxmi  sunrise bank

चाइनिज सुपर लिग फुटबलको प्लेअफदेखिका खेलहरुको नेपालमा प्रत्यक्ष प्रशारणको अधिकार एक्सन स्पोर्ट्स एच डि १ लिएको छ । यस सिजनको चाईनिज सुपर लिग अन्तर्गत मंसिर २६ गते आईतबार देखि सुरु हुने प्लेअफका खेलहरु एक्सन स्पोर्ट्स एच डि १ मा प्रत्यक्ष प्रसारण हुनेछन् ।

पहिले चाईनिज जिया ए लिग को नाममा हुने यो लिग सन् २००४ देखि चाईनिज फुटबल एशोसियसन सुपर लिग वा छोटकरीमा चाईनिज सुपर लिग (CSL) को नामबाट सुरु भएको थियो । चाईनिज सुपर लिगको यस सिजनमा कुल १६ टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् । 

चाइजिन सुपर लिगलाई दर्शकहरुका लागि मात्र नभई अहिले विश्व प्रसिद्ध खेलाडिहरुका लागि पनि आकर्षक लिगका रुपमा लिइन्छ । यस लिगको जारी सिजनमा ब्राजिलियन खेलाडि ओस्कार, सर्जिन्ह्यो, एन्डरसन सिल्भा बेल्जियमका फेलानी, कंगोका सेड्रिक बकाम्बु, स्विडेनका लार्सन जस्ता विश्वस्तरीय खेलाडिहरु विभिन्न क्लबहरुबाट प्रतिस्पर्धा गर्दै छन्  ।

ला लिगा, एफ ए कप को नेपालमा आधिकारिक प्रशारण गरिरहेको एकमात्र नेपाली स्पोर्ट्स च्यानल एक्सन स्पोर्ट्सले आफ्नो एच डि १ र एच डि २ च्यालन मार्फत बिभिन्न राष्ट्रिय तथा अन्र्तराष्ट्रिय खेलहरु प्रशारण गरिरहेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved