मेयर–११ र प्रशासकीय अधिकृत–११ बीचको फुटबल बराबरीमा सकियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 13, 2021 | 02:28:06 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँ महानगरपालिकाको २७ औँ महानगर दिवसको अवसरमा आयोजित मेयर–११ र प्रमुख प्रशासकीय अधिकृत–११ बीचको मैत्री फुटबल खेल बराबरीमा सकिएको छ । 

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नेतृत्व गरेको जनप्रतिनिधिको टिम र प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले नेतृत्व गरेको कर्मचारीको टिम बीचको खेल ३–३ को बराबरीमा सकिएको हो । 

दशरथ रंगशालामा सम्पन्न खेलमा सुरुमा कर्मचारीको टिम हावी भएको थियो । खेलको सुरुवाती चरणमै कर्मचारीका तर्फबाट सीमन केसीले पहिलो गोल गरेर अग्रता दिलाएका थिए । त्यसको केही समयपछि जनप्रतिनिधिका तर्फका खेलाडीले डी एरिया भित्रै हेण्ड गरेपछि कर्मचारीकै तर्फबाट सुन्दर हमालले पेनाल्टीमार्फत गोल गर्दै २–० अग्रता दिलाएका थिए । 

खेलको पहिलो हाफ अघि मैदान प्रवेश गरेका वडा–६ का अध्यक्ष दीपेन्द्र लामाले जनप्रतिनिधिका तर्फबाट सुरुवाती गोल गरे । त्यसपछि लगत्तै वडा–३ का सदस्य प्रेम थापाले जनप्रतिनिधिका लागि दोस्रो गोल गरेपछि खेल पहिलो हाफमा २–२ को बराबरी भएको थियो । 

दोस्रो हाफको सुरुवातीमै फेरि कर्मचारीका तर्फबाट सीमन केसीले टिमका तेस्रो गोल गर्दै अग्रता दिलाए । तर, खेलको अन्त्यतिर जनप्रतिनिधिका तर्फबाट प्रेम थापाले तेस्रो गोल गरेपछि खेल बराबरीमा टुंगियो । 

खेल सुरु सुरु हुनु अघि राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले मैत्रीपूर्ण खेलका लागि काठमाडौँ महानगरपालिकाका प्रमुख शाक्यलाई फुटबल हस्तान्तरण गरेका थिए । 

खेल समापनपछि प्रमुख शाक्यले जनप्रतिनिधि र कर्मचारीबीच खेलमा जस्तै महानगरपालिकाका विकास निर्माणका काममा मैत्रीपूर्ण सम्वन्ध रहँदा सेवा प्रवाहमा सहज हुने बताए । प्रमुख प्रशासकीय अघिकृत ज्ञवालीले पनि जनप्रतिनिधि र कर्मचारीबीच नङ र मासुको सम्वन्ध रहनु पर्नेमा जोड दिए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved