स्पेनिस ला लिगाः स्पान्योललाई सेल्टा भिगोको धक्का

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 18, 2021 | 10:48:39 AM मा प्रकाशित

laxmi  sunrise bank

स्पेनिस ला लिगाको मध्यम टोली स्पान्योललाई सेल्टा भिगोको नमिठो धक्का लागेको छ । शनिबार राति भएको १८औं राउन्डको खेलमा स्पान्योल सेल्टा भिगोसँग ३–१ गोलले पराजित भयो । हारसँगै स्पान्योलले सातौं स्थानमा उक्लने मौका गुमायो ।

घरेलु मैदानमा सेल्टा भिगोलाई जिताउन शान्ति मिना, इयागो आसपास र डेनिस स्वारेजले गोल गरे । स्पान्योलका लोरेन मोरोनले सान्त्वना गोल फर्काएका थिए । सानदार प्रदर्शन गरेको सेल्टा भिगोले खेलको तेस्रो मिनेटमै खाता खोलेको थियो ।

शान्ति मिनाले इयागो आसपासको पासमा गोल गर्दै घरेलु टोलीको उत्साह जगाए । ४७औं मिनेटमा इयागो आसपासले डेनिस स्वारेजको पासमा गोल गर्दै सेल्टा भिगोको अग्रता दोब्बर बनाए । ८२औं मिनेटमा डेनिस स्वारेजले हुगो माल्लोको पासमा गोल गर्दै सेल्टा भिगोलाई सहज जिततर्फ लगे । ५२ प्रतिशत बल पोसेसन राखेको सेल्टा भिगोले खेलभर १२ वटा पोस्ट् प्रहार गरेको थियो ।

सेल्टा भिगोको दबाब झेलेको स्पान्योलले दोस्रो हाफको इन्जुरी समयमा एक गोल फर्कायो । लोरेन मोरोनले सर्गी गोमेजको पासमा गोल फर्काएका थिए । सेल्टा भिगोका इयागो आसपास ‘म्यान अफ दी म्याच’ भए ।

जितसँगै १८ खेलबाट २० अंक बनाएको सेल्टा भिगो १२औं स्थानमा उक्लिएको छ । समान खेलबाट २३ अंक बनाएको स्पान्योल नवौं स्थानमा छ । शीर्षस्थानमा रहेको रियल म्याड्रिडको ४२ अंक छ । दोस्रो स्थानमा रहेको सेभियाको ३४ र तेस्रो स्थानमा रहेको रियल बेटिसको ३३ अंक छ । रियल र बेटिसले एक तथा सेभियाले दुई खेल कम खेलेको छ ।

विश्वकै चर्चित लिग मध्यको एक स्पेनिस ला लिगा फुटबल पहिलो पटक नेपालमा डिशहोम एक्सन स्पोर्ट्स एचडी टेलिभिजन मार्फत प्रतक्ष हेर्न पाइने ब्यवस्था छ । हरेक हप्ता आउने ला लिगाको खेल अब हप्ताको ५० रुपैयाँ शुल्क तिरेर हेर्न सकिने छ ।

ला लिगाको नेपालका लागि पे टिभी तथा डिजिटलको विशेष प्रसारणको अधिकार डिशहोमले प्राप्त गरेको हो । ला लिगाका खेलहरु एक्सन स्पोर्टस एचडी २ मा प्रशारण भईरहेको छ ।

त्यसका लागि डिशहोमको ग्राहक भने बन्नुपर्ने हुन्छ । हाल डिशहोमको ग्राहकलाई ला लिगाको सिजन टिकट सिम टिभी, प्रभु टिभी र डिश होमको ओटीटी (डिशहोम गो) मार्फत उपलब्ध छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved