क्यानको विवादित सम्झौता: भारतीय कम्पनीलाई नेपालको लोकतान्त्रिक गणतन्त्रको ठेक्का !

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 19, 2022 | 12:05:56 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल क्रिकेट एसोसियसन (क्यान)ले नेपालको लोकतान्त्रिक गणतन्त्र भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्ससँग रहेको आशयका साथ सम्झौतामा हस्ताक्षर गरेको भेटिएको छ ।  


सम्झौताको शुरूमै क्यानलाई काठमाडौँको मूलपानीमा दर्ता भएको, संघीय लोकतान्त्रिक गणतन्त्रको आधिकारिक प्रतिनिधि रहेको, अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल र एसियाली क्रिकेट काउन्सिलबाट मान्यता प्राप्त स्वायत्त संस्था रहेको बताइएको छ ।

त्यस्तै सम्झौताको बुँदा नम्बर २१ मा उक्त सम्झौता भारतको कानूनद्वारा शासित भनिएको छ । सम्झौतासँग नेपालको कुनै पनि कानून बाझिएमा भारतीय कानूनबमोजिम समाधान गरिने प्रावधानसमेत उक्त बुँदामा रहेको छ । 

क्यान र भारतीय कम्पनीबीच कुनै विवाद आएमा त्यसको मध्यस्थता भारतीय कानूनबाट निर्देशित रहनेसमेत उल्लेख गरिएको छ । यस्तो प्रावधान गलत रहेको भन्दै क्यानकै कतिपय पदाधिकारीहरू विरोधमा छन् । आइतवारसम्म क्यानका ६ पदाधिकारीहरू एस थ्री स्पोर्टसँग गरिएको सम्झौता गैरकानूनी रहेको भन्दै हस्ताक्षरसहित राष्ट्रिय खेलकूद परिषद पुगेका छन् ।  


यसरी नेपालको लोकतान्त्रिक गणतन्त्रको आधिकारिक प्रतिनिधि संस्थासँग गरिएको सम्झौता भारतीय कानूनअनुसार निर्देशित हुने विषय आपत्तिजनक रहेको भन्दै सर्वोच्च अदालतमा मुद्दासमेत परेको छ ।

क्यानले खरिद ऐन मिचेर भारतीय कम्पनीसँग गैरकानूनी सम्झौता गरेको भन्दै एभरेस्ट प्रिमियर लीगले दायर गरेको रिटमा गत जेठ १६ गते सर्वोच्च अदालतले कारण देखाउ आदेश मात्र दिएको थियो ।

सर्वोच्चका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले मुद्दाको सुनुवाइ गर्दै कारण देखाऊ आदेश दिएका हुन् । इपिएलले माग गरेअनुसार अन्तरिम आदेश भने पाएको थिएन ।

बहसमा सहभागी वरिष्ठ अधिवक्ता शम्भु थापाले बिजपाटीसँग भने, 'नेपालकै लोकतान्त्रिक गणतन्त्र भारतीय कम्पनीले बोक्ने भनी सम्झौताका प्रावधानहरूमा उल्लेख छन् । स्वार्थ र चलखेलका कारण यस्तो गलत सम्झौता गरियो ।'

उक्त मुद्दाको अर्को पेशी यही साउन २२ गतेका लागि तोकिएको छ ।

क्यानका अध्यक्ष चतुरबहादुर चन्दले राष्ट्रिय स्वाधीनताविरुद्ध रहेको भन्दै चारैतिर विवादित बनेको उक्त सम्झौता कार्यान्वयनमा भने निकै हतारो देखाएका छन् ।

क्यानले हतार-हतारमा टी ट्वान्टी लीगका लागि सोमवार ४ टीम र त्यसका संचालकको घोषणा गरेको छ ।

भारतको एस थ्री स्पोर्ट्स कम्पनीलाई लीग संचालन गर्न दिने सम्झौता विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा हतारहतारमा टीम घोषणा गरेर क्यानले नयाँ 'चटक' देखाएको हो ।



सोमवार राजधानीमा आयोजित एक पत्रकार सम्मेलनमा क्यान र लीग आयोजना अधिकार पाएको भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसले पहिलो संस्करणको नेपाल टी ट्वान्टी लीगका लागि सहभागी ६ मध्ये चार टोली र सो टोलीको मालिकको घोषणा गरेको छ । 

प्रतियोगिताका लागि कान्तिपुर क्पापिटल,लुम्बिनी अल स्टार्सविराटनगर सुपर किग्स र जनकपुर रोयल्स गरि चार टोलीको मात्र घोषणा भएको हो । जसमध्ये एक टोली मात्र नेपाली कम्पनीको स्वामित्व रहेको छ भने एउटा टोली अमेरिकी र दुई टोलीमा भारतीय स्वामित्व रहेको छ । जसअन्तर्गत कान्तिपुर क्यापिटलको मालिक महेश्वर स्वारलुम्बिनीको  सञ्जय शर्माविराटनगरको बिक्रम यादव र जनकपुरको गौरी शंकर धामनी रहेका छन् ।

क्यानले केही दिनमै सहभागी अन्य दुई  टोलीको घोषणा गर्ने  जनाएको छ । क्यानले यसअघि नै प्रतियोगिता  असोज ८ देखि कात्तिक ५ गतेसम्म  संचालन गर्ने तालिका सार्वजनिक गरिसकेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धान तथा सर्वोच्च अदालतमा मुद्धा चलिरहँदा क्यान र  भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसले सहभागी टोलीको घोषणा गरेको हो ।


यस अघि : 

क्यानको चटक: हतार हतारमा लीग खेल्ने टीम सार्वजनिक, अख्तियार र सर्वोच्चमा मुद्दा विचाराधीन

क्यानले क्रिकेट लीगको अधिकार भारतीय कम्पनीलाई दिएको विषयमा अख्तियारले थाल्यो छानविन 

३३ करोडको 'लोभ'मा भारतीय कम्पनीलाई क्रिकेट लीगको जिम्मा, नेपाली कम्पनी आक्रोशित 

भारतीय कम्पनीसँगको सम्झौता रद्द गर्न माग गर्दै क्यानका बोर्ड सदस्यले राखेपलाई लेखे पत्र

चतुरबहादुरको चतुर्याइँ: बहुमत पुर्याउन वडासचिवलाई क्यानको बोर्डमा ल्याएर दोहोरो जिम्मेवारी



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved