यू–१९ क्रिकेट टोलीको लगातार चौथो जित, अब युएईलाई हराए विश्वकप खेल्न पाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 28, 2023 | 02:51:34 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालले आइसिसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोटमा मलेशियालाई १० विकेटले हराउँदै लगातार चौथो जित निकालेको छ । जितको लागि ७२ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ९ ओभरमा १० विकेट बाँकि रहंदै लक्ष्य भेट्टाएको हो । 

नेपालको जितमा दिपक बोहोराले १९ रनमा ३८ रन तथा अर्जुन कुमालले १५ बलमा २१ रन बनाए ।  पहिले  ब्याटिङ गरेको मलेशिया  ३५.३ ओभरमा ७२ रनमा अल आउट भएको थियो । 

अब नेपालले अन्तिम खेलमा मार्च २ मा युएईसँग खेल्नेछ । ६ टोली सहभागी प्रतियोगिता शीर्ष टोलीले आगमी वर्ष श्रीलंकामा आयोजना हुने यू–१९ विश्वकप खेल्न पाउनेछ । नेपाल र युएई प्रतियोगिता प्रमुख दाबेदार टोली हुन् । नेपालले युएईलाई पराजित गरेमा नेपालले यू–१९ विश्वकप खेल्न पाउने छ  ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved