युएईलाई हराउँदै नेपाल विश्वकपमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 02, 2023 | 06:02:45 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल आइसिसी अण्डर–१९ विश्वकपमा पुगेको छ । एसिया क्षेत्र छनोटमा युएईलाई ७ रनले हराउँदै नेपालको यू–१९ टोली विश्वकपमा पुगेको हो । 

आजको जितसँगै नेपालले सन् २०२४ मा श्रीलंकामा आयोजना हुने यू–१९ विश्वकप खेल्न पाउने भएको छ। जितको लागि १९२ रनको विजयी लक्ष्य पछ्याएको युएईले ४८ ओभरमा १८५ रन बनाएर अल आउट भयो। नेपालका लागि दीपेश कँडेलले ४७ औं ओभरमा ३ विकेट लिँदै नेपालको जित पक्का गराए ।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ४८.५ ओभरमा १९१ रन बनाएको थियो । 

छनौट प्रतियोगिताको शिर्ष स्थानमा रहने टोलीले विश्वकप खेल्न पाउने थियो । नेपालले प्रतियोगितामा सहभागी भएका कुवेत, हंगकंग, सिंगापुर, मलेशिया, र युएई सबै टोलीलाई हराउदै शिर्ष स्थानमा रहेर विश्वकपमा स्थान पक्का गरेको हो ।  यु १९ विश्वकप सन् २०२४ मा श्रीलंकामा हुने छ । प्रतियोगितामा १६ टिमले भाग लिने छन् ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved