विश्वकप छनौट खेल्नबाट नेपाल एक जित टाढा, अन्तिम खेल हारे पनि कायमै रहन्छ छनौट सम्भावना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 13, 2023 | 01:22:13 PM मा प्रकाशित

laxmi  sunrise bank

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालले पीएनजी विरुद्द शानदार जित निकाल्दै अंक तालिकामा ३८ अंक बनाएको छ। अब नेपालले लिगको आफ्नो अन्तिम खेल आगामी बिहिबार युएई विरुद्द खेल्ने छ । 

नेपालले युएई विरुद्दको खेल पनि जिते नेपालको ३६ खेलबाट ४० अंक हुने छ । ४० अंक हुँदा नेपाल अंक तलिकामा नामिबियालाई पछाडी पार्दै तेस्रो स्थानमा उक्लने छ । युएईलाई पराजित गर्दै नेपालले अंक तालिकामा तेस्रो स्थान हाँसिल गरेमा नेपालले  सिधै एक दिवसीय विश्वकप ग्लोबल  छनौट खेल्न पाउने छ। एक दिवसीय विश्वकप ग्लोबल छनौट जिम्बाबमा हुने छ । 

यदि नेपालले युएईसँगको अन्तिम खेल जित्न सकेन भने नेपालको ठाउँमा नामिबिया  सिधै एक दिवसीय विश्वकप ग्लोबल  छनौट खेल्न पाउने छ। तर अन्तिम खेल नजिते पनि नेपालले एक दिवसीय विश्वकप ग्लोबल  छनौट खेल्न पाउने सम्भावना कायम नै रहने छ। तर त्यसको लागि ६ देश सम्मिलित अर्को छनौट खेल्नु पर्छ र ति ६ देश मध्ये शिर्ष २ मा रहन सक्नु पर्छ । यदि शिर्ष २ मा पर्न सकेन भने विश्वकप छनौट खेल्ने सम्पूर्ण सम्भावना बन्द हुन्छ। नेपालले हिजो युएईलाई पराजित गरेसँगै नेपालको दिवसीय बरियता कायम नै रहने पक्का भईसकेको छ। 

 विश्वकप ग्लोबल छनौटमा १० टिम रहने छन् । यसमा शिर्ष २ मा रहने २ टिमले आगामी वर्ष भारतमा हुने ५० ओभरको विश्वकप खेल्न पाउने छन् । 

आज भएको खेलमा नेपालले पीएनजीलाई ९ विकेटले पराजित गरेको हो । नेपालले जितको लागि ९६ रनको लक्ष्य पाएकोमा १ विकेटको क्षतिमा ७.४ ओभरमा नै उक्त लक्ष्य भेट्टायो । नेपालको जितमा आशिफ शेखले २१ बल मै ५३ रन बनाए । उनले ८ चौका र ३ छक्का प्रहार गरे । त्यस्तै कुशल मल्लले १२ रन तथा कुशल भुर्तेलले १४ बलमा ३३ रन बनाए । 

खेलमा टस हारेर पहिलो ब्याटिंग गरेको पीएनजी ९५ रन मै अल आउट भएको थियो। पीएनजीले ३२ ओभरमा सबै विकेट गुमाउदै केवल ९५ रन मात्र बनाएको हो । पीएनजीलाई सस्तैमा समेट्न नेपालको लागि सन्दिप लामिछानेले सर्वाधिक ५ विकेट लिए । यस सँगै उनले एक दिवसीयमा ९८ विकेट लिएका छन् । अब ३ खेलमा २ विकेट लिए उनी एक दिवसीय क्रिकेटमा सबैभन्दा छिटो १०० विकेट लिने खेलाडी बन्ने छन् । हालको यो रेकर्ड अफगानिस्तानका राशिद खानको नाममा छ । उनले ४४ खेलमा १०० विकेट लिएका हुन् । सन्दिपको भने हाल ४० खेल मात्र भएको छ ।

त्यस्तै आज कुशल मल्लले २ विकेट, ललित राजबंशीले २ विकेट र सोमपाल कामीले १ विकेट लिए । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved