नेपाली राष्ट्रिय क्रिकेट टोलीका ब्याट्समान आशिफ शेख सन् २०२३ मा एक दिवसीय खेलमा सर्वाधिक रन बनाउने खेलाडीको दोस्रो स्थानमा उक्लिएका छन् । आज पीएनजी विरुद्द २१ बलमा ५३ रनको विस्फोटक पारी खेलेपछि उनी सर्वाधिक रन बनाउने खेलाडीको दोस्रो स्थानमा उक्लिएका हुन् ।
हालसम्म सन् २०२३ मा एक दिवसीय क्रिकेटमा भारतका शुभम गिलले सर्वाधिक रन बनाएका छन् । उनले ६ खेलबाट ५६७ रन बनाएका छन् । त्यस्तै दोस्रो स्थानमा रहेका आशिफले ११ खेलबाट ४१८ रन बनाएका छन् ।
३७२ रन सहित तेस्रो स्थानमा इंग्ल्यान्डका जो बटलर छन् भने चौथो स्थानमा नेपाली टिमका क्याप्टेन रोहित कुमार पौडेल छन् । उनले हालसम्म ११ खेलबाट ३४१ रन बनाएका छन् । पौडेल भारतका वीरत कोहली र रोहित शर्मा भन्दा पनि अगाडी छन् ।
सन् २०२३ मा सर्वाधिक रन बनाउने १० खेलाडी मध्ये ४ जना नेपालका खेलाडी रहेका छन् । यद्यपि नेपाली खेलाडीहहरुले अन्य देशको तुलनामा बढी खेल खेलेका छन् । नेपाली खेलाडीहरुले ११ खेल खेलेका छन् भने अन्य देशका खेलाडी ६ खेल मात्र खेलेका छन् ।
यस्तो छ सन् २०२३ मा एक दिवसीय क्रिकेटमा हालसम्म सर्वाधिक रन बनाउने १० खेलाडीको सूची:
१. भारतका शुभम गिल: ५६७ रन
२. नेपालका आशिफ शेख : ४१८ रन
३. इंग्ल्यान्डका जो बटलर : ३७२ रन
४. नेपालका रोहित कुमार पौडेल: ३४१ रन
५. भारतका विराट कोहली : ३३८ रन
६. भारतका रोहित शर्मा : ३२८ रन
७. नेपालका कुशल मल्ल : ३१६ रन
८. इंग्ल्यान्डका डविड मलन : ३०४ रन
९. न्युजिल्यान्डका डेविड कनवे: ३१४ रन
१०. नेपालका कुशल भुर्तेल : २८० रन