नेपालले २० ओभरको विश्वकप खेल्ने सम्भावना कति ? फेरी पनि युएई नै मुख्य प्रतिस्पर्धी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 17, 2023 | 01:41:02 PM मा प्रकाशित

laxmi  sunrise bank

बिहिबार नेपालले युएई विरुद्द रोमान्चक जित निकाल्दै एक दिवसीय विश्वकपको ग्लोबल क्वालिफायरमा प्रवेश गरेको छ । यस सँग अब नेपाल आगामी जुन १८ देखि जुलाई ९ सम्म जिम्बाबेमा हुने ग्लोबल क्वालिफायरमा सहभागी हुने छ । 

सो प्रतियोगितामा टेस्ट खेल्ने राष्ट्र हरु सहित १० देश हुने छन् । उक्त प्रतियोगितामा हालसम्म नेदरल्याण्ड, ओमान, जिम्बाबे, स्कटल्याण्डले खेल्ने पक्का भएको छ। बाँकि ६ टिमको टुंगो लाग्न बाँकि छ । वेस्ट इन्डिज, साउथ अफ्रीका, श्रीलंका, र आयरल्याण्ड मध्ये ३ टिम पनि यस प्रतियोगिता खेल्न आउने छन् । उक्त प्रतियोगिताको शिर्ष २ मा पर्न सके नेपालले भारतमा हुने एक दिवसिय विश्वकप खेल्न पाउने छ।  एक दिवसीय विश्वकप आगामी अक्टोबरमा हुने छ ।

टि २० विश्वकपमा नेपालले खेल्ने सम्भावन कति ?

आगामी टि २० विश्वकप सन् २०२४ को जुनमा हुने तय भएको छ । यो प्रतियोगिता अमेरिका र वेस्टइन्डिजले संयुक्त रुपमा आयोजना गर्ने छन् । यस प्रतियोगितामा २० देशले सहभागिता जनाउने छन् । २० देश मध्ये हालसम्म १२ देशको टुंगो लागिसकेको छ । अब ८ देशको टुंगो लाग्न बाँकि छ ।

आयोजकको हिसाबमा अमेरिका र वेस्ट इन्डिजले प्रतियोगितामा स्थान बनाईसकेका छन् । त्यस्तै अघिल्लो विश्वकपको शिर्ष ८ मा परेको कारण अष्ट्रेलिया, इंग्ल्यान्ड, भारत, नेदरल्याण्ड, न्युजिल्यान्ड, पाकिस्तान, साउथ अफ्रीका र श्रीलंकाले पनि स्थान पक्का गरिसकेका छन् । टि २० बरियतामा माथि छनौट भएभन्दा बाहेकक उत्कृष्ट २ टिम बनेको आधारमा अफगानिस्तान र बंगलादेश पनि विश्वकपको लागि छनौट भईसकेका छन् । यस हिसाबमा १२ देशको टुंगो लागिसकेको छ ।

अब बाँकि ८ टिम कसरी छनौट हुन्छ ?

अब बाँकि रहेको ८ टिम क्षेत्रिय छनौट बाट निर्धारण हुने छन् । जस अनुसार अफ्रीकाबाट २ , अमेरिकाबाट १, एसियाबाट २, पूर्वी एसिया प्रसान्तबाट १ , र युरोपबाट २ टिम छनौट हुने छन् ।  यी मध्ये नेपालले एसिया छनौट खेल्ने छ । छनौट प्रतियोगिताको मिति र कहाँ हुन्छ भन्ने तय भईसकेको छैन । तर छनौट खेल्ने टिम भने टुंगो लागिसकेको छ । 

यस छनौट प्रतियोगितामा १५ टिम सहभागी हुने छन् । जस अनुसार कुवेत, साउदी अरेबिया, कतार र माल्दिभ्सले सब रिजनल छनौट ए खेल्ने छन् । त्यस्तै चीन, भुटान, मलेशिया, म्यान्मार, र थाईल्याण्डले सब रिजनल छनौट बि खेल्ने छन् । सब रिजनल छनौट ए र सब रिजनल छनौट बि को बिजेता रिजनल फाइनलमा प्रवेश गर्ने छन् ।

रिजनल फाइनलमा नेपाल , बहराइन, ओमान, हंगकंग , सिंगापुर , र युएई हुने छन् । साथै सब रिजनल छनौट ए र सब रिजनल छनौट बि को बिजेता पनि रिजनल फाइनलमा प्रवेश गर्ने छन् । यस हिसाबमा एसियाको रिजनल फाइनलमा कुल ८ टिम हुने छन्  । यी ८ मध्ये शिर्ष २ मा पर्न सके नेपालले टि २० विश्वकप खेल्न पाउने छ  ।

सन् २०२२ को टि २० विश्वकपछनौटमा नेपाल युएईसँग हार बेहोर्दै टि २० विश्वकप खेल्नबाट बन्चित भएको थियो  । यस पटक पनि नेपालको मुख्य प्रतिस्पर्धी युएई नै देखिन्छ  । रिजनल फाइनलमा रहेका टिम मध्ये तुलनात्मक रुपमा नेपाल , युएई र ओमान बलिया टिम हुन्  । यी ३ मध्ये २ टिमले विश्वकपमा स्थान बनाउने आंकलन गरिएको छ  । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved