नेदरल्याण्डसविरुद्द नेपाल ६ विकेटले विजयी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 02, 2024 | 02:44:04 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँमा जारी त्रिकोणात्मक टी–२० आई सिरिजमा नेपालले नेदरल्याण्डसमाथि ६ विकेटको जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा १२१ रनको लक्ष्य पछ्याएको नेपालले १५.२ ओभरमा ४ विकेटको क्षतिमा लक्ष्य भेट्टायो । 

नेपालको जितमा कप्तान रोहित पौडेलले ४६, गुल्सन झाले ३८, कुशल भुर्तेलले १२ र आसिफ सेखले ८ रन जोडे ।

टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले १९.३ ओभरमा १० विकेट गुमाएर १२० रन बनाएको थियो । 

बलिङतर्फ नेपालका प्रतिश जिसीले ३, करण केसी र कुशल मल्लले २–२ र दीपेन्द्रसिंह ऐरीले १ विकेट लिए ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved