४ विकेटले हार्यो नेपाल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 05, 2024 | 03:02:05 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल टी–२० आई त्रिदेशीय सिरिजको फाइनल खेलमा पराजित भएको छ । किर्तिपूरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा नेदरल्याण्डसँगको फाइनल खेलमा नेपाल ४ विकेटले पराजित भएको हो । 

टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १८४ रन बनाएको थियो । १८५ रनको लक्ष्य पछ्याएको नेदरल्याण्डले ३ बल बाँकी छँदै ६ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो ।

नेपालका लागि आशिफ खेशले ४७ रन बनाएका थिए भने गुल्सन झाले ३४ रन बनाए । कुशल मल्लले २६, कप्तान रोहित पौडेलले २५ र कुशल भुर्तेलले २० रन बनाएका थिए । नेदरल्याण्डका बलर फ्रेड क्लास्सेन, टिम्म भेन डेर गुज्टेन, मिचेल लेभिट र स्याब्राण्ड ईन्ग्रेल्बेच्टले दुइ दुइ विकेट लिएका थिए । 

उक्त जित हात पार्न नेदरल्याण्डका मिचेल लेभिटले अर्धशतकिय पारि खेले । उनले २९ बलमा ६ चौका र ३ छक्का प्रहार गर्दै ५४ रन बनाए । यसैगरी, ओपनर म्याक्स ओ डवडले २२, विक्रमजित सिंहले २९, स्याब्राण्डले ४८ र टिम भेनले २१ रन बनाए ।

यो सँगै घरेलु मैदानमा उपाधि राख्ने नेपालको लक्ष्य विफल भएको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved