एनसेलले घटायो कल गर्दा लाग्ने शुल्क

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 22, 2020 | 07:23:30 PM मा प्रकाशित

laxmi  sunrise bank

एनसेलले आफ्नो ‘प्लस’ थिम अन्तर्गत रहेको ‘इन्डलेस कुराकानी प्लस’ अफरमा कार्तिक ५ गतेबाट सुविधा थपेको छ । जस अन्तर्गत भ्वाइस प्याक सुचारु गर्ने ग्राहकले अन्य नेटवर्कमा कर सहित १.२८ मा कुरा गर्न सक्ने कम्पनीले जनाएको छ  । अन्य अवस्थामा एनसेल नेटवर्क बाहिरको नेटवर्कमा कल गर्दा २.५४ प्रति मिनेट शुल्क लाग्छ । 

एनसेलले यही योजना अन्तर्गत, भ्वाइस प्याक लिएर खपत गरेका ग्राहकका लागि एनसेल नेटवर्क भित्रको कल शुल्क पनि घटाएको छ । कम्पनीका अनुसार इन्डलेस कुराकानी प्लस अन्तर्गत भ्वाइस प्याक लिएका ग्राहकले हरेक दिनको तोकिएको निश्चित मिनेट प्रयोग भैसकेको अवस्थामा मात्र ६४ पैसा प्रति मिनेटमा एनसेल नेटवर्कभित्र कुराकानी गर्न सक्छन् । अन्य अवस्थामा एनसेल नेटवर्क भित्र कल गर्दा २.५४ प्रति मिनेट शुल्क लाग्छ । 

इन्डलेस कुराकानी प्लस अन्तर्गत प्रिपेड ग्राहकले ७ दिन, १५ दिन वा ३० दिनको समयावधि रहेको भ्वाइस प्याक आफ्नो आवश्यकता अनुसार सुचारु गर्न सक्ने सुविधा छ । ७ दिन समयसिमा रहेको प्याकमा ग्राहकले ९५.७७ मा ७०० मिनेट अन नेट टक टाइम (७ दिनसम्म हरेक दिन १०० मिनेट टक टाइम ) प्राप्त गर्ने एनसेलले जनाएको छ । त्यस्तै गाहकले १९१.५४ मा १५ दिने प्याक सुचारु गरी प्रत्येक दिन १२५ मिनेट र रु ३८१.७९ मा ३० दिनको प्याक लिएर हरेक दिन १५० मिनेट अन नेट टक टाइम लिन सक्छन् । 

कम्पनीका अनुसार प्रिपेड ग्राहकले एस्ट्रिक्स१७११८एस्ट्रिक्स७ह्यास डायल गरी निर्देशन अनुसार प्याक सुचारु गर्न सक्छन् । ग्राहकले एसएमएसबाट पनि प्याक सुचारु गर्न सक्छन् । जस्तै ७ दिनको प्याक लिनका लागि ग्राहकले १०० टाइप गरी अंग्रेजी ठुलो अक्षरमा पिडी लेखि १७११८ मा एसएमएस पठाएर प्याक सुचारु गर्न सक्छन् । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved