सुधिरले दिए नेसनल आइसिटी अवार्डबाट पाएको १ लाख रकम भेन्टिलेटर बैंकलाई

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 03, 2021 | 12:51:31 PM मा प्रकाशित

laxmi  sunrise bank

सुबिसु केबल नेटका अध्यक्ष सुधिर पराजुलीले ‘नेसनल आइसिटी एक्सेलेन्स अवार्ड २०२१’ मा पाएको १ लाख रूपैयाँ रकम नेपाल भेन्टिलेटर बैंकलाई प्रदान गरेका छन् । हाल भेन्टिलेटरको अभावका खबर आईरहेको र भेन्टिलेटरको अभावमा कसैले पनि ज्यान गुमाउनु नपरोस् भनेर आफूले सम्मानमा पाएको नगद एक लाख रुपैयाँ भेन्टिलेटर बैंकलाई दिएको पराजुलीले जानकारी दिए । 

आईतबार सञ्चार तथा सूचना प्रविधि दिवसको अवसरमा सरकारले पराजुलीलाई नेसनल आइसिटी एक्सेलेन्स अवार्ड २०२१ बाट सम्मान गरेको थियो । नेपालमा इन्टरनेट सेवाको विस्तार र प्रवद्र्धनमा उल्लेख्य भूमिका खेलेको भन्दै पराजुलीलाई सम्मान गरिएको थियो । 

पराजुली इन्टनरेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) का अध्यक्ष पनि हुन् ।

इन्टरनेटसँगै केवल टेलिभिजन प्रदायक कम्पनीमा पहिलो सेवा प्रदायक समेत रहेको सुविसु सन् २००१ मा ५ जना साथीहसँग मिलेर पराजुलीले सुरु गरेका थिए । हाल सुविसुले १६ सय बढिलाई प्रत्यक्ष रोजगारी दिँदै आएको छ । 

पराजुली नेपाल उद्योग वाणिज्य महासंघमा आइसिटी कमिटीका उपसभापति पनि छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved