कुलमानले तार काटेपछि व्यवसायी आन्दोलित, प्राधिकरण नसच्चिएसम्म इन्टरनेट ठप्प पार्ने चेतावनी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 02, 2021 | 07:54:37 PM मा प्रकाशित

laxmi  sunrise bank

कुलमान नेतृत्त्वको नेपाल बिद्युत प्राधिकरणले इन्टरनेटको तार काटेपछि इन्टरनेट सेवा प्रदायकहरु आन्दोलित भएका छन्। प्राधिकरणले इन्टरनेट सेवालाई अवरोध पुर्याउने उद्देश्यका साथ इन्टरनेट सेवा प्रवाह गरिरहेको फाईबर तार काटेकाले प्राधिकरणले नसच्चिएसम्म अब आफुहरुले इन्टरनेट सेवा दिन नसक्ने सेवाप्रदायकहरुले जनाएका छन्।

प्राधिकरणले दूरसञ्चार ऐन, २०५३ लाई समेत उल्लङ्घन गर्दै इन्टरनेट ठप्प पार्ने हेतुले नेपाल विद्युत प्राधिकरण र प्राधिकरणका कर्मचारीहरुले यस्ता किसिमका गैरकानुनी क्रियाकलपहरु गरेका इन्टरनेट सर्भिस प्रोभाईडर एसोसियसन अफ नेपाल, आइस्पान को आरोप छ। 

आईसपानका अनुसार भरतपुर र विराटनगरमा विद्युत प्राधिकरणका भरतपुर वितरण केन्द्ररशाखा कार्यालय र विराटनगर वितरण केन्द्रर शाखा कार्यालयहरुका कर्मचारीहरुले इन्टरनेट ठप्प पार्न अनेकन गैरकानुनी क्रियाकलाप गर्दै मुख्य मुख्य ठाउँको इन्टरनेट सेवा प्रवाह गरिरहेक छन्। जस कारणले गर्दा अहिले नीजि क्षेत्रका इन्टरनेट सेवा प्रदायकहरुको इन्टरनेट सेवा प्रणालीमा ठूलो क्षती पुगेको छ। 

"बिद्युत प्राधिकरणले फाईबर तार काटेकाले चितवन लगायतका ठाउँहरुमा इन्टरनेट सेवा प्रवाह गर्न नसक्ने अवस्था सृजना गराएको छ, यसकारण यी क्षेत्रमा इन्टरनेट ठप्प हुन पुगेको कुरा ग्राहक महानुभावहरुमा जानकारी गराउदछौँ" आइस्पानद्वारा जारी बिज्ञप्तीमा उल्लेख छ।

बिज्ञप्तीमा भनिएको छ, "अहिलेको समयमा देशका विभिन्न भागमा पनि इन्टरनेट सेवा प्रवाह गर्न हामीलाई हम्मेहम्मे परिरहेको अवस्था छ ्र वर्तमान कोभिड-१९ को महामारीमा अनलाईन शिक्षा, बैङ्किङ्ग, रोजगारी, स्वास्थ्य, विमानरविमान स्थल जस्तो संवेदनशिल क्षेत्रलाई जोडेको इन्टरनेटलाई अवरोध गर्ने  विद्युत प्राधिकरणको क्रियाकलपहरु अक्षमय रहेको छ ्, यो अवस्था सृजित गर्ने विद्युत प्राधिकरण नै सबै घटनाको कारक तत्व, कारण र जिम्मेवारी लिनु पर्ने अक्षमय निकाय भएको पनि ग्राहक महानुभावहरुमा जानकारी गराउदछौँ।"   

नेपाल विद्युत प्राधिकरणले ७ गुणासम्म पोल भाडादर वृद्धि गरेपछि इन्टरनेटको मूल्य बढ्न सक्ने देखेर ग्राहकमा यो भार पर्न नदिन यसको पहलका लागि इन्टरनेट सेवा प्रदायक संघले नेपाल दूरसंचार प्राधिकरण, संचार तथा सूचना प्रविधि मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय समक्ष्य अपिल गरेको र समाधानको लागि सम्बाद जारी रहेको बेला तार काटेकाले अब प्राधिकरण नसच्चिएसम्म इन्टरनेट ठप्प पार्ने आइस्पानका अध्यक्ष सुधिर पराजुलीले बिजपाटीलाई बताए।   

'उच्च निकायहरुले छलफलरवार्ता गरी निकाश निकाल्न निधो गरेर  विद्युत प्राधिकरणलाई वार्तामा वोलाई वैज्ञानिक रुपमा भाडादर निर्धारण गर्न अघि बढिरहेको वर्तमान समयमा, सबै कुराको वेवास्था गरी एकहोरो ढङ्गले देशभरि इन्टरनेट सेवा अवरोध गर्न नियोजित रुपले प्राधिकरण अग्रशर छ, अब प्राधिकरण नसच्चिएसम्म चितवन मात्र होइन देशभर इन्टरनेट ठप्प पार्छौं' अध्यक्ष पराजुलीले भने।     

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,संचार तथा सूचना प्रविधि मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय, नेपाल दूरसंचार प्राधिकरणले इन्टरनेट सेवा प्रवाह गर्ने बातावरण सुनिश्चित नगरेसम्म र  विद्युत प्राधिकरणको देशभरि इन्टरनेट सेवा अवरोध गर्ने  गतिविधि नरोकेसम्म देशमा इन्टरनेट सेवा प्रवाह गर्ने अवस्था नरहेको आइस्पानले जनाएको छ। 

बिद्युत प्राधिकरणले भरतपुर, बुटवल, काठमाडौँ, विराटनगर,  धरान, धनकुटा, ताप्लेजुङ्ग, खाडीचौर, धनगढी लगायतका देशका मुख्य मुख्य ठाउँहरुमा फाईबर तार काटेको छ। यस घटनापछि चितवन लगायतका धेरै ठाउँहरुमा इन्टरनेट सेवा प्रभावित भएको छ। प्राधिकरणले काठमान्डूका बिभिन्न ठाउँहरुमा समेत इन्टरनेटको तार काटेको छ।   

                                                             

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved