नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा पौडेल नियुक्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 07, 2022 | 08:58:09 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल टेलिकमको प्रबन्ध निर्देशक पदमा सुनिल पौडेल नियुक्त भएका छन् । आज बसेको मन्त्रिपरिषद्को बैठकले पौडेललाई टेलिकमको प्रबन्ध निर्देशक पदमा नियुक्त गर्ने निर्णय गरेको हो  । 

 सञ्चार मन्त्रालयका सचिव वैकुण्ठ अर्यालको नेतृत्वमा गठित छनौट तथा सिफारिस समितिले  टेलिकमको प्रबन्ध निर्देशक पदमा नियुक्तिको लागि संगीता पहाडी अर्याल, सुरज सिंह थापा र सुनिल पौडेलको नाम सिफारिस गरेको थियो । ति मध्येबाट सरकारले पौडेललाई टेलिकमको प्रबन्ध निर्देशक पदमा नियुक्त गर्ने निर्णय गरेको हो  । 

पहाडी र थापा टेलिकमकै निर्देशक पदमा कार्यरत थिए भने पौडेल बाहिरबाट सिफारिसमा परेका थिए। पौडेल हाल संचार मन्त्रालय अन्तर्गत कै राष्ट्रिय सूचना प्रविधि केन्द्रको कार्यकारी निर्देशक पदमा कार्यरत छन् । पहिलो पटक टेलिकममा टेलिकम बाहिरको व्यक्तिलाई  प्रबन्ध निर्देशक पदमा नियुक्त गरिएको हो   ।  

टेलिकम भित्रकै कर्मचारीलाई प्रवन्ध निर्देशक बनाउन माग गर्दै कर्मचारीहरु आन्दोलित भए कै बेला सरकारले  टेलिकममा टेलिकम बाहिरको व्यक्तिलाई  प्रबन्ध निर्देशक पदमा नियुक्त गरेको हो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved