विश्वको अग्रणी मोबाइल गेम 'पब्जी मोबाइल' र नेपालको इन्टरनेट सेवा प्रदायक 'वर्ल्डलिंक' बीच सम्झौता भएको छ । साझेदारीले नेपालमा मोबाइल गेमिङलाई अझ रोमाञ्चक बनाउने विशेष सुविधाहरू एवं विशेषताहरू प्रदान गर्ने र नेपालको गेमिङ समुदायका लागि थप रोमाञ्चक अनुभवहरू प्राप्त हुने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार नेपालमा मोबाइल गेमिङको व्यापक आकर्षण बढ्दै गइरहेको अवस्थामा पब्जीका नेपालभर ५० लाखभन्दा बढी सक्रिय मोबाइल गेमरहरू रहेका छन् ।
“मोबाइल गेमिङ मनोरञ्जनको मुख्य विषय बन्ने क्रममा, गेमिङ समुदायको आवश्यकताहरूलाई सम्बोधन गर्न र उनीहरूको गेमिङको जोशलाई अझै सशक्त रूपमा पूरा गर्न हामीले नवीनतम प्रविधिको साथ अगाडि बढ्नु आवश्यक छ,” वर्ल्डलिङ्कका सीईओ केशव नेपालले यस सहकार्यको महत्त्वलाई जोड दिँदै भने । “थुप्रै विशेषता एवं सुविधाहरूको साथ, नेपाली मोबाइल गेमरहरूले पूर्ण रूपमा नयाँ तहको उत्साह एवं गेमिङको अनुभव प्राप्त गर्न सक्नुहुने छ जसले गेमिङ प्रतिको दृष्टिकोणलाई पूर्ण रूपमा परिवर्तन गर्नेछ। यो वृहत् भविष्यतर्फको पहिलो कदम हो जसले मोबाइल गेमका लागि नयाँ अवसरहरू प्रदान गर्ने छ र गेमिङ्गको जीवन्त अनुभव प्रदान गर्ने छ” ।
साझेदारीको महत्वबारे बताउँदै Tencent South Asia Publishing का सहायक निर्माता पारथ शर्माले भने “मोबाइल गेमिङको इकोसिस्टम परिवर्तन ल्याइ नयाँ ब्रान्डका रूपमा नेपाल हाम्रा लागि प्रमुख क्षेत्र बनेको छ। यो खेलको लोकप्रियता मात्र होइन, यस खेलका प्रतिभाहरुले ग्लोबल एस्पोर्ट्स इभेन्टहरूमा प्रतिस्पर्धा समेत गर्दै आएका छन् । PMGC मा DRS, DeadEyes Guys, Skylights Gaming र T2K जस्ता हाम्रा प्रतिभाले PUBG MOBILE को लागि ग्लोबल एस्पोर्ट्स इभेन्टसमा बारम्बार आफ्नो क्षमता प्रदर्शन गरेकाे स्पष्ट रूपमा देख्न सकिन्छ । यस्ता प्रतिभाहरू देख्न पाउँदा ठूलो सन्तोष एवं आनन्द समेत मिल्दछ । CR7 र 4K गेमिङ जस्ता प्रतिभाहरू हरेक दिन बढ्दै गएको छन्, र हाम्रा प्रयासहरू पनि यस्ता गेमिङ समुदायलाई बढाउदै लैजानु पनि हो। हामी मनोरञ्जन मात्र होइन, व्यावसायिक रूपमा अघि बढ्ने अवसरहरू प्रदान गर्न निरन्तर केन्द्रित छौं। त्यसैले हामीले WorldLink लाई एक उत्कृष्ट साझेदारको रूपमा लिएका छौ, यस प्रयासले नेपालमा मोबाइल गेमिङ गर्ने हाम्रो जोश र संकल्पलाई आत्मसाथ समेत गर्दछ, यो दक्षिण एसियाकै सबैभन्दा ठूलो सफलता एवं सानो सुरुवात मात्र हो।”