दूरसञ्चार प्राधिकरणको अध्यक्षको लागि दरखास्त आह्वान, के के चाहिन्छ योग्यता ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 28, 2024 | 10:08:56 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकरले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदमा नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ। प्राधिकरणको अध्यक्ष सिफरिस समितिले आज एक सूचना जारी गर्दै योग्य तथा इच्छुक नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको हो।

दरखास्त पेस गर्ने अन्तिम दिनसम्म ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेकोले आवेदन दिन सक्ने छन् । आवेदन दिनको लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्नातक तह उत्तीर्ण गरी सम्बन्धित क्षेत्रमा १० वर्षको अनुभव प्राप्त गरेको  हुनु पर्ने छ। तर, सरकारी सेवा वा सार्वजनिक संस्थान, प्राधिकरण, बोर्ड, समिति, आयोग, प्रतिष्ठान वा सार्वजनिक कम्पनीको कर्मचारीको हकमा सम्बन्धित विषयमा स्नातक गरी राजपत्राङ्कित प्रथम श्रेणी, दसौँ तह वा सोभन्दा माथिल्लो पदमा काम गरेको अनुभव प्राप्त गरेको भए हुने समितिले जनाएको छ ।

आवेदन दिंदा नियुक्ति हुन चाहेको व्यहोरा खुल्ने दरखास्त, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, योग्यता समेत खुल्ने व्यक्तिगत विवरण, शैक्षिक योग्यताका प्रमाणपत्रको प्रतिलिपि (विदेशी शैक्षिक संस्थाको योग्यता भए समकक्षताको प्रमाणपत्र समेत ),अनुभव खुल्ने प्रमाणपत्रको प्रतिलिपि (सेवा अवधि खुल्ने गरी),नेपाली वा अङ्ग्रेजी भाषामा A4 Size कागजमा तयार गरिएको बढीमा ५,००० शब्दको सिलबन्दी व्यावसायिक कार्य योजना (कम्प्युटर टाइप गरिएको, पहिलो पाना (Cover Page) को सबैभन्दा माथि आफ्नो नाम लेखिएको र अन्य कहीं पनि नाम वा आफूलाई चिनाउने कुनै सङ्केत नभएको), हालसालै खिचेको दुई प्रति फोटो, कुनै विदेशी मुलुकको स्थायी आवासीय अनुमति पत्र नलिएको नभएको स्वः घोषणा, पदसँग सम्बन्धित अन्य कुनै कागजात भए सोको प्रतिलिपि पेश गर्नु पर्ने छ ।

शैक्षिक योग्यता र कार्य अनुभव प्रमाणपत्रको हकमा नोटरी पब्लिकबाट प्रमाणित भएको हुनुपर्ने छ। सूचना प्रकाशित भएको मितिले सातौँ दिन भित्र आवेदन दिनु पर्ने र सो दिनमा सार्वजनिक बिदा परेमा सोको भोलिपल्ट कार्यालय समयभित्र आवेदन दिन सकिने समितिले जनाएको छ । उम्मेदवारले पेस गरेको व्यावसायिक कार्य योजना, सोको प्रस्तुतीकरण र अन्तर्वार्ताको मूल्याङ्कनका आधारमा नियुक्तिका लागि सिफारिस गरिने समितिले उल्लेख गरेको छ ।

प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले पदबाट राजीनामा दिएपछि हाल सो पद रिक्त छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved