सगुनको मोवाइल एपको झलक सार्बजनिक, चाँडै फूल भर्सन आउने

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 18, 2017 | 04:37:14 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालीले अमेरिकामा स्थापना गरेको सोसियल इकमर्श साइट सगुनले आफ्नो मोवाइल एपको पहिलो डेमो भारतमा रहेको कार्यालयबाट  लाइभ गर्दै सार्बजनिक गरेको छ । 

अमेरिकी बजारमा मिनी आइपिओ जारी गरेर दोस्रो चरणको लगानी जुटाइ रहेको आइटी स्टार्ट अप कम्पनी सगुनले मोवाइल एपको परिक्षण गरिरहेको छ । नेपालीले स्थापना गरेको सोसियल इकमर्स कम्पनी सगुनले दक्षिण एशियाली बजारलाई लक्षित गरेर मोवाइल एप ल्याउन लागेको हो । ‘ हामीले सगुनको मोवाइल एप करिव तयार पारेका छौं ’ कम्पनीका संस्थापक गोविन्द गिरीले भने, ‘ आन्तरिक रुपमा परीक्षण भइरहेको छ । परीक्षण सफल हुनासाथ सार्बजनिक गर्छौं । ु

एन्ड्रोइड प्लेटफर्ममा उपलब्ध हुने एप केही समयपछि आइफोनको एप्पल स्टोरमा समेत उपलब्ध गराउने गरी काम भइरहेको सगुनले जनाएको छ।डेस्कटप भर्सनमा उपलब्ध नभएका सुविधासमेत एपमा हुनेछन् । मोवाइल एप ल्याएपछि प्रयोगकर्ता बढ्ने अपेक्षा सगुनले गरेको छ ।सगुनको एपमा सेक्रेट म्यासेज पठाउने, आफ्नो दैनिकी सेयर गर्ने, मुड अनुसार कुरा गर्ने मुड टक, ओपन सेक्रेटलगायतका विशेषता रहेको छ । 

मोवाइल एप सार्बजनिक गरेपछि सगुनले स्मार्ट कार्ड ल्याउने तयारी गरेको छ । ‘ स्मार्ट कार्ड आएपछि भने सगुनको वास्तविक स्वरुप देखिनेछ । व्यवसायिक गतिविधी समेत हुने स्मार्ट गेमचेन्जर नै हुने हाम्रो विश्वास छ,’ सगुनका संस्थापक गोविन्द गिरीले भने ।

सगुनले केही महिनाअघि अमेरिकी बजारमा मिनी आइपीओ निस्कासन गरेको थियो । नेपाली दाजुभाइले नै स्थापना गरेको, नाममै नेपालीपन झल्कने, नेपालमा समेत कार्यालय भएको कम्पनीले सेयर निस्कासन गरेकाले विदेशमा बस्ने नेपाली निकै उत्साहित भएर सेयर खरिद गरेका थिए । प्रवासमा रहेका हरेक नेपालीले सगुनमा लगानी गर्न पाउनुलाई  अबसरका रुपमा लिएर करिव करिव ३५ सय लगानीकर्ताले शेयर खरिद गरेका थिए ।  

पहिलो चरणमा अवसर नपाएकाहरुलाई लगानीको अवसर दिन सगुनले दोस्रो चरणमा फेरि लगानी खुल्ला गरेको छ । सगुनले अगस्टमा बेलायतमा कार्यक्रम गरि दोस्रो चरणको लगानीको बारेमा जानकारी गराएको थियो । पहिलो चरणमा लगानी गर्ने अवसर नपाएका तथा छुटेका विश्वभरका नेपाली तथा अन्य सम्भावित लगानीकर्ताहरुलाई पहिलो चरणकै मूल्यमा दोस्रो चरणमा शेयर विक्री गर्ने योजना रहेको सगुनले जनाएको छ । सगुनले संसारभर छरिएर रहेका नेपाली समुदाय तथा एशियाली समुदायलाई लक्षित गरि लगानीको योजना सार्वजनिक गरेको हो । 

सगुनको यो चरणमा लगानी गर्न प्रति शेयर २३ डलरका दरले कम्तीमा १ हजार डलरको शेयर किन्नु पर्ने हुन्छ । सगुनले यस चरणमा ८ लाखभन्दा वढी शेयर विक्रि गर्ने योजना बनाएको छ । कम्पनीको शेयर बिक्री सम्बन्धी सूचनाहरु https://www.sagoon.com/invest  बाट उपलब्ध हुने सगुनले बताएको छ । 

आफ्ना युजरले समय खर्चिए वापत प्रत्येक युजरलाई रकम दिने सिस्टम सगुनले बनाइरहेको छ । यस्तो सिस्टम अन्य कुनै पनि सामाजिक सञ्जालमा नभएको संस्थापक गिरीको दावी छ। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved