जग्गाको नापः रोपनी, धूर, कट्ठा र बिगाहामा के फरक छ ?

निरोज कुमार थापा

निरोज कुमार थापा

Jan 31, 2021 | 10:12:48 AM मा प्रकाशित

laxmi  sunrise bank

भूगोल अनुसार जग्गा नापको इकाई फरक फरक हुने भएकाले मानिसहरु ‘कन्फ्युज’ हुने गर्दछन् । तराईमा बिगाहा, कठ्ठा, धूर जस्ता इकाईमा जग्गाको नापजाँच हुन्छ भने पहाड तथा हिमालमा आना, पैसा, दाम, रोपनी जस्ता इकाईमार्फत जग्गाको नापजाँच गरिन्छ ।

तर, वर्गफिट र वर्गमिटर भने जग्गा मापनको सर्वमान्य इकाई हुन् । यो प्रचलन विश्वभरी नै छ । अंशबण्डा गर्दा होस् वा बिक्रि गर्दा नै किन नहोस्, जग्गाको क्षेत्रफल एकिन भएकै हुनुपर्छ । वर्गफिट र वर्गमिटर जग्गाको क्षेत्रफल नाप गर्ने सर्वमान्य इकाई हुँदाहुँदै पनि क्षेत्र वा भूगोल अनुसार फरक फरक इकाईमा जग्गाको क्षेत्रफल मापन गरिन्छ ।

तराई क्षेत्रमा जग्गाको नाप गर्ने इकाई कुनुवा पनि छ । धुर, कट्ठा र बिगाहा जस्तै कुनुवा पनि जग्गाको क्षेत्रफल मापनको आधारभूत इकाई नै हो । 

‘नेपालको तराई क्षेत्रमा र हिमाली तथा पहाडी क्षेत्रमा जग्गाको क्षेत्रफल मापन गर्ने इकाई फरक फरक छन्’ भ्यालुएटर इन्जिनियर अमितबाबु कार्की भन्छन्, ‘नेपालमा घर बनाउँदा वर्गफिटको कुरा आएपनि जग्गाको मापनमा भने यो प्रयोग भएको देखिँदैन, तराईमा ठूला ठूला खेतीयोग्य जमिन हुने भएकाले कठ्ठा, धूर अझ एकडमा पनि मापन हुन्छन्, पहाडमा भने सबैभन्दा बढी चल्तीमा रहेको इकाई भनेको रोपनी हो, शहरी क्षेत्रमा जग्गाको भाउ महँगो भएकाले त्यस्ता ठाउँहरुमा आना प्रचलित छ ।’

वर्गफिट वा वर्गमिटरसँग रूपान्तरण गर्दा कति वर्गफिट बराबर कति जग्गा हुन्छ भन्ने जानकारी तालिकामाः

अर्कोः
१ धूर = २.१२९६ पैसा
१ आना = १.८७७७ धूर
१ रोपनी = १.५०२३ कठ्ठा
१ बिगाघा = १३.३१२६ रोपनी
१ हेक्टर = २.४७११ एकड

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved